इमान्दार संवाददाता
२२४१७ पटक
काठमाडौं ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धन बनाएर बहुमत हासिल गरेका एमाले माओवादीले पार्टी एकताको प्रक्रियालाइ अगाडी बढाएका छन्।

दुइ पार्टी मिलेर बन्ने संयुक्त पार्टीको पद बाडफाड र जिम्मेवारी बारे प्रारम्भिक रुपमा  टुंगो लागेको बताइएको छ । दुवै पार्टीका शिर्ष नेताहरुबीच भएको छलफलमा पद बाँडफाँडको खाका तयार भएको छ । नेताहरूले उक्त खाका तयार पारी त्यसलाई अन्तिम रुप दिएको स्रोतले बताएको छ ।

पार्टी एकतापछि बन्ने पार्टीको अध्यक्ष को बन्‍ने भन्ने विवाद भएका कारण विकल्पको रुपमा अध्यक्षमण्डलसहितको खाका नेताहरुले तयार गरेका छन् । पार्टी एकताको लागि बनेको एकता संयोजन समितिले अौपचारिक रुपमा छलफल नगरेपनि अनौपचारिक रुपमा नेताहरुले खाका तयार गरेका हुन् ।

पार्टी अध्यक्ष ओली बन्‍नेकी प्रचण्ड बन्‍ने भन्‍नेमा विवद भएपछि दुबै जनाको अध्यक्षमण्डल बनाउने त्यसपछि तीन जना वरिष्ठ नेता, तीन जना उपाध्यक्ष, दुई जना महासचिव र सात जना सचिव बनाउने खाका तयार भएको हो ।

वरिष्ठ नेतामा एमालेबाट माधव कुमार नेपाल, झलनाथ खनाल र माकेबाट नारायणकाजी श्रेष्ठ रहेन बताइएको छ । त्यसैगरी महासचिवमा दुई जनामा एउटा एमालेबाट र अर्को माकेबाट राख्‍ने, सात सचिवमा एमालेको भागमा चार र माकेको भागमा तीन जना पर्ने गरी प्रारम्भिक खाका तयार गरिएको स्रोतको दाबी छ ।

माओवादी भित्र यस्तो छलफल चल्यो

एमाले र माओवादीबिचको एकताका बिषयलाई लिएर माओवादी भित्र ओलीलाई ५ वर्षका लागि प्रधानमन्त्री र प्रचण्डलाई अध्यक्ष बनाउनेमा छलफल केन्द्रित भएको बुझिएको छ । सोमबार काठमाडौँको कोटेश्वर पेरिसडाडास्थित माओवादी केन्द्रीय कार्यालयको बैठकमा यस्तो छलफल भएको बताइएको छ ।

माओवादी केन्द्र बिकट श्रोतका अनुसार पार्टी एकताको विषय शीर्ष तहमा ‘वान टु वान’ सहमति गरेपछि यसलाई अन्तिम रूप दिने तयारीका साथ छलफल भइरहेको छ ।

निर्वाचनअघि पार्टी एकता संयोजन समितिका अध्यक्षद्वयले सरकार र पार्टीको नेतृत्व एकअर्का पार्टीले आलोपालो गर्ने भद्र सहमति गरेका थिए । उक्त सहमतिको जगमा दुवै पार्टीका शीर्ष तहमा पदीय जिम्मेवारी तथा संठनात्मक स्वरूपबारे तीनवटा विकल्पसहित छलफल चलिरहेको स्रोतले बतायो ।

एमालेको यस्तो छ प्रस्ताव

पार्टी एकतालाई अन्तिम टुंगोमा पुर्याउन एमालेका तर्फबाट तत्कालका लागि दुई अध्यक्ष सम्मिलित अध्यक्षमण्डल बनाएर जाने प्रस्ताव गरिएको बुझिएको छ । एमालेका शिर्ष नेताहरुबीच छलफल हुँदा यस्तो विकल्प अगाडी सार्ने आन्तरिक सहमति भएको हो ।

एमालेको त्यस्तो प्रस्तावमा माओवादी केन्द्रका नेताहरू भने अहिले नै राजी भइनसकेको बताइएको छ । एमाले नेताहरूले भने महाधिवेशनसम्म दुई अध्यक्ष सम्मिलित अध्यक्षमण्डल गठन गरेर जाँदा वैज्ञानिक हुने तर्क गरेका छन् ।

माओवादी नेताहरूले भने एकतापछि बन्ने एउटै पार्टीमा हालका दुइ अलग-अलग पार्टीका अध्यक्षहरुमा एउटा अध्यक्षले सरकार चलाउने र अर्को अध्यक्षले पार्टी संगठन चलाउने गरी जाँदा ठिक हुने तर्क गरेका छन्।

यस्तो छ दोस्रो विकल्प

पार्टी एकताबारे नेताहरु सिद्धान्त र निति र योजनामा एक मत भइसकेपछि दोस्रो विकल्पका रूपमा दुवै पार्टीका सबै कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति तय गरेर जाने विषयमा पनि छलफल भइरहेको बुझिएको छ ।

माओवादी केन्द्रले सरकारको नेतृत्व एमालेले लिए पार्टी संयोजक आफ्नो भागमा आउँदा दोस्रो विकल्पलाई मान्ने जनाउ दिएको छ । वा माओवादी अध्यक्ष प्रचण्ड आफै पनि प्रधानमन्त्रीका आकांक्षी देखिएकोले सरकारको जिम्मा प्रचण्डलाई दिए पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिन तयार रहने देखिएको छ ।

यस्तो छ तेस्रो विकल्प

तेस्रो विकल्पका रूपमा पार्टी अध्यक्षसहित पदाधिकारी तोकेरै आगामी महाधिवेशनसम्म जाने गरी छलफल चलिरहेको छ । तेस्रो विकल्पमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, दुई जना महासचिव र सात जना सचिव तस्तै केही बरिष्ठ नेताहरु तय गरेर जानेगरी छलफल भइरहेको छ ।

यदी तत्कालका लागी यि सबै बिषयमा सहमति भएन भने पनि पार्टी एकताको विषय शीर्ष तहमा ‘वान टु वान’ सहमति गरेपछि दुवै पार्टीका केन्द्रीय नेताहरुबीच रहेका असहमतिलाई छलफलको रुपमा अगाडी बढाउदै लैजाने गरी एकताको प्रक्रियालाई अगाडी बढाउने तयारी भइरहेको छ।

निर्वाचनअघि पार्टी एकता संयोजन समितिका अध्यक्षद्वयले सरकार र पार्टीको नेतृत्व एकअर्का पार्टीले आलोपालो गर्ने भद्र सहमति गरेका थिए । उक्त सहमतिलाइ पालना गर्नेमा दुवै पार्टीका शिर्ष नेताहरु लागि परेका छन्।

निर्वाचन परिणामअनुसार पनि पार्टी एकतालाई तत्काल टुंगोमा नपुर्‍याउदा तल्लोस्तरको पार्टी पंतिमा निरासा छाउने र एकता भाडिन सक्ने भन्दै दुवै पार्टीका शिर्ष नेताहरु आफ्ना प्रतिबद्धतामा अडिक रहने र तत्काल जसरी भएपनि एकता गर्ने पक्षमा देखिएका छन् ।

माओवादी भित्र एकताबारे विवाद

यद्दपी पार्टी एकताबारे माओवादी भित्रै विवाद छ । मधेसी दलको एकताको ढाँचामा एमाले र माओवादी केन्द्रको एकता हुने भन्दै केही नेताहरुले उक्त खाकाप्रति असहमति जनाएका छन् ।

गोपाल किराती र विश्वभक्त दुलाल ‘आहुति’लगायतका केही केन्द्रीय नेताहरुले एमालेसंगको एकतालाई तत्कालका लागी इन्कार गरेका छन् । भने केही नेताहरुले माओवादी एमालेमा बिलय हुने खालको एकता नमान्ने बताउदै आएका छन् ।

यसरी आफ्नै पार्टीमा भएको विवाद मिलाउन नसकिएको अबस्थामा पनि प्रचण्ड आफैले सिङ्गो पार्टीको अध्यक्ष हुनेगरी अवसर पाए तत्काल बोल्ड डिसिजन गरेरै एमाले संगको एकतालाई टुंग्याउने तयारी गरेको एकथरी माओवादी नेताहरुको भनाइ छ ।

यो पनि पढ्नुहोस्

एमालेसँग एकता भए माओवादी ३ टुक्रामा विभाजन हुने निश्चित, क-कसले गर्दैछन् विद्रोह ?

प्रचण्डको चेतावनीपछि कृष्ण महराले एमालेसंगको एकताबारे एकाएक फेरे धारणा !

माओवादीबाट मन्त्री बन्नेहरुको नाम फाइनल ! हेर्नुहोस् को-को परे ?

एमाले-माओवादीबाट मुख्यमन्त्री बन्नेमा को-को परे ? यस्तो छ नामलिस्ट !

२०७४ पुष ५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...