इमान्दार संवाददाता
१४९ पटक
काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणको ११ अर्ब २० करोड २१ लाख ७९ हजार तीन विद्युत्त महसुल उठ्न बाँकी रहेको पाइएको छ ।
ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले विद्युत् महसुल बक्यौता रहेका ग्राहकबाट तत्काल महसुल उठाउन प्राधिरकणलाई निर्देशन दिएपछि उक्त परिणामको रकम बक्यौता रहेको तथ्य पत्ता लागेको हो ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार ग्राहस्थ तर्फ नै सबैभन्दा बढी महसुल बक्यौता बाँकी रहेको छ ।
ग्राहस्थ तर्फ ४ अर्ब ६६ करोड ६३ लाख ४५ हजार ४७८ बक्यौता रहेको छ । यस्तै काठमाडौँ महानगरपालिकालगायतका नगरपालिकाले सडक बत्ती प्रयोग गरे वापत प्राधिकरणलाई तिर्नुपर्ने रकम मात्रै ३ अर्ब ६० करोड ७६ लाख ६६ हजार ३१८ रहेको छ ।

त्यस्तै गैर ग्राहस्थतर्फ ३१ करोड ७९ लाख ७ हजार ७६४, व्यापारिक तर्फ २९ करोड ९७ लाख ५७ हजार ६३० उठन बाँकी रहेको छ ।
गैरव्यापारिक तर्फ ३० करोड ९९ लाख १७ हजार ८१९, मनोरञ्जन तर्फ ४४ लाख ९११, औद्योगिक तर्फ १ अर्ब २१ करोड ७६ लाख २० हजार ९५५ सिँचाई तर्फ १४ करोड ८४ लाख २७ हजार ३२ रहेको छ ।

खानेपानी तर्फ ६३ करोड ४१ लाख ६२८, यातायात ५ लाख ३६ हजार २७, मन्दिरतर्फ १४ करोड ६९ लाख ६१ हजार ७५१, सामुदायिक तर्फ १० करोड ११ लाख चार हजार २, अस्थायी लाइन लिएका तर महसुल नतिरेको १५ करोड ७३ लाख १९ हजार ६९ बक्यौता रहेको छ ।

प्राधिकरणकाअनुसार आन्तरिक तर्फ ८४ लाख ७४ हजार ७५८, चुहाजट ५ लाख १३ हजार २६४ बाँकी रहेको छ । यस्तै लामो समय विद्युत् महसुल नतिरेपछि प्राधिकरणले कालोपाटीमा राखेका ग्राहकबाट ५७ करोड ४ लाख ९ हजार २६० बाँकी रहेको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा ९७ करोड मात्रै घाटामा रहन सफल भएको प्राधिकरणले बक्यौता रहेको रकम मात्रै उठाउने हो भने पनि करिब रु दश अर्ब बढी नाफा हुनेछ ।

ऊर्जा मन्त्रालयले पटक पटक बाँकी बक्यौता असुल उपर गर्न निर्देशन दिएपनि प्रभावकारी रुपमा कार्यान्वयन गराउन सकेको छैन ।
। मंगलबार मात्रै ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले प्राधिकरणलाई पुनः बक्यौता असुल गर्न कडा निर्देशन दिनुभएको छ ।

बक्यौता महसुल नउठाइकन प्राधिकरण नाफामा जान सक्दैन भन्ने बुझेर नै तत्काल सो कार्य सम्पन्न गर्न निर्देशन दिइएको जानकारी दिदै मन्त्री शाहीले समय तालिका तोकेर नै काम गर्नुपर्ने बताए । वक्यौता नतिर्ने सिंहदरबारदेखि गाउँसम्मका ग्राहको लाईन काट्ने मन्त्रीले चेतावनी दिइसकेका छन् ।

२०७४ भदौ २० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड