इमान्दार संवाददाता
२३१ पटक
काठमाडौँ ।

झापाबाट उदाएर कांग्रेसभित्र प्रभावशाली छवि र स्थान बनाएका नेता कृष्णप्रसाद सिटौलाका लागि यसपटकको निर्वाचन विर्सनलायक रह्यो, उनी आफै त हारे नै, गृहजिल्लाका अन्य उम्मेदवारको हारको अपजस पनि उनकै थाप्लोमा आईलागेको छ ।

झापा क्षेत्रनम्बर ३ मा उम्मेदवार बनेका सिटौला राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका थिए ।

क्षेत्रनम्बर १ बाट युवा नेता विश्वप्रकाश शर्मा पराजित हुनुमा सिटौलाकै भूमिका रहेको आरोप पनि लागेको समाचारमा उल्लेख छ । शर्मा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।

‘युवा नेता विश्वप्रकाश शर्माको पराजयमा सिटौलाकै भूमिका मुख्य रहेको भन्दै कार्यकर्ता पंक्ति आक्रोश व्यक्त गरिरहेको छ । त्यसैले अन्य उम्मेदवार पार्टीको हारपछि निराश भएका कार्यकर्तालाई भेट्दै हिँडिरहँदा सिटौला भने काठमाडौं गइसकेका छन् ।

तर, जिल्लाका नेताकार्यकर्ता भने उनीविरुद्ध सार्वजनिक रुपमै आक्रोश पोख्दै हिँडिरहेका छन् ।’ आजको नागरिक दैनिकमा यो खबर छ ।

२०७४ पुष २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड