इमान्दार संवाददाता
३२३२ पटक
काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाजिम्पाटको घर छाडेर ललितपुरको खुमलटारमा नयाँ निवासमा सर्ने भएका छन् ।

प्रचण्ड अबको केही दिनमै चक्रपथबाहिर ललितपुरको खुमलटार सर्ने भएका हुन् । प्रचण्ड निकट उच्च स्रोतले दिएको जानकारी अनुसार छोरा प्रकाशको निधनपछि पत्नि सीताले उक्त घर छाड्न भन्दै आएकी थिइन् ।

छोराको सम्झनाले सताउन थालेपछि प्रचण्ड परिवारले उक्त घर छाड्न लागेको स्रोतको भनाई छ ।

शान्तिप्रक्रिया सुरु भएपछि नयाँबजार खुसीमा बसेका प्रचण्ड तत्कालिन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सुझावमा उक्त घर छाडेर पाँच वर्षअघि लाजिम्पाट सरेका थिए ।

लाजिम्पाट निवास सधैं विवादमा आइरह्यो । उक्त घर प्रचण्डको कि डेराको भन्नेमा दुईथरी मत रहँदै आएको थियो । प्रचण्डले घर छाडेर हिंड्ने भए पनि उक्त घर भाडाकै हो या होइन भन्नेबारे पुष्टि भने हुन् सकेको छैन । खुमलटारस्थित नयाँ निवास कसको हो भन्ने खुलाइएको छैन ।

२०७४ पुष १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड