आज : २०७५ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२७१४ पटक
सुनसरी ।

दुई दिनदेखि स्थगित सुनसरी क्षेत्र नम्बर ३ को मत गणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ।

पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी कांग्रेसका विजय गच्छदार भन्दा १६५ मतले अगाडि छिन्। सोमबार मतगणना स्थगित हुनुअघि गच्छदारलाई चौधरीले एक सय ५५ मतले अग्रता लिएकी थिइन्।

चौधरीले ३० हजार ९ सय १९ मत ल्याउँदा गच्छदारले ३०७५४ मत ल्याएर पछ्याइरहेका छन्। गच्छदारले निरन्तररुपमा मतान्तर घटाइरहेका छन् । गच्छदारले मतान्तर घटाउदै लगेसछि चाैधरीकाे ढुकढुकी बढ्दै गएकाे छ ।

यसअघि मतगणनाका क्रममा एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएपछि सोमबार बिहानदेखि मतगणना स्थगित भएको थियो। मतगणनाका क्रममा नौ वटा रुख चिन्हमा छाप लागेको अर्धकट्टीसहितको मतपत्रलाई निर्वाचन अधिकृत टिका भुषण घिमिरेले सदर गरेपछि एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएकी थिइन्। त्यसलगत्तै मतगणना अवरुद्ध भएको थियो।

उक्त क्षेत्रमै एउटा सूर्य चिन्हमा २० रुपैयाँको नोट टाँसिएको मतपत्र भेटिएपछि उक्त मतपत्र बदर गरिएको थियो। यसलाई पनि चौधरीले आपत्ति जनाएकी थिइन्।

मतगणनाको क्रममा धाँधली गर्न खोजेको भन्दै एमाले उम्मेदवार चौधरीले मत गणना वहिष्कार गरेपछि सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा र सोही क्षेत्रको प्रदेशसभातर्फ (ख) निर्वाचन क्षेत्रको मत गणना स्थगित भएको थियो।

अहिले मतदान स्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरिएको छ। उक्त क्षेत्रमा अझै १७ हजार मत गणना गर्न बाँकी छ।

२०७४ मंसीर २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...