इमान्दार संवाददाता
३१०१ पटक
चितवन ।

चितवन-३ को जारी मत गणनाको पछिल्लो परिणाम अाएको छ । अाइतबार १२ बजेबाट मतान्तर बढाएका माओवादी केन्द्रका अध्यक्षले साँझ राति १० बजेसम्म कायम गर्न सकेनन् । यतिबेलासम्म दोब्बर अन्तर हुने अपेक्षा माओवादी केन्द्रका नेताहरुले गरेका थिए तर त्यो हुन सकेन ।

राप्रपाका उपाध्यक्ष विक्रम पाण्डले पछिल्लो पटक मतान्तर दिउँसो तुलनामा छिटोछिटो घटाउँदै लगेका छन् । ताजा अवस्थामा प्रचण्डले २६ हजार ९ सय ६० मत पाएका छन् भने यो अवस्थामा पाण्डेले २१ हजार ६ सय ८० मत पाएका छन् ।

केही समय अघि सार्वजनिक गरिएकोमा अहिले पाण्डको पक्षमा बढी भोट खसेको बताइन्छ ।

मतान्तर दोब्बर नहुँनु र पछिल्लो पटक पाण्डलेको भोट बाक्लो अाउँन थालेको खबर पाएसँगै प्रचण्डको ढुकढुकी बढ्‍न थालेको बताइन्छ । जित्न त एउटा फोटले पनि जितिन्छ तर प्रचण्डले भारी अन्तरले जितेको हेर्ने माओवादी केन्द्रका नेता-कार्यकर्ताको चाहना छ ।

यसैबीच चितवन निर्वाचन-१ बाट एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् । पाण्डेले चीरपरिचित प्रतिद्वन्द्वी राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४२ मतले पराजित गरेका हुन् ।

पाण्डेले ५० हजार ८ सय ९६ मत प्राप्त गर्दा बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत ल्याए । पाण्डे र बुर्लाकोटीको यो दोस्रो चुनावी भेट हो ।

यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि पाण्डेसँग बुर्लाकोटी पराजित बनेका थिए । साविक चितवन निर्वाचन क्षेत्र नः १ मा रत्ननगर नगरपालिकासमेत गाभिएर बनेको नयाँ क्षेत्रमा प्रतिस्पर्धी दोहोरिएका थिए ।

यसअघि, चितवन निर्वाचन क्षेत्र नः २ बाट एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल निर्वाचित भईसकेका छन् ।

बाराका ८ प्रदेशसभा मध्ये (क) क्षेत्रका सबै स्थानको टुंगो लागेको छ । मतपरिणाम अनुसार बाम गठबन्धन ३ वटा स्थानमा र संघीय समाजवादी फोरम १ स्थानमा विजयी भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ को क मा बाम गठबन्धनका त्रिलोकी चौधरीले जित हासिल गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका पेमासिद्धि लामालाई करिब १९ सय मतअन्तरले पराजित गरेका हुन् ।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ को (क) मा संघीय समाजवादी फोरमका शारदाशंकर जयसवालले कांग्रेसका रामप्रवेश यादवलाई फराकिलो मतले पराजित गर्दै विजयी हासिल गरेका छन् ।

जयसवालले १६ हजार ६ सय ७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका यादवले ८ हजार १ मत प्राप्त गरी पराजय बेहोरेका छन् ।

जयसवाल यसअघिको स्थानीय तहको निर्वाचनमा महागढीमाई नगरपालिकाबाट मेयर पदको उम्मेदवार थिए । त्यसबेला संघीय समाजवादी फोरम र राजपाले अलगअलग उम्मेदवार उठाएकाले हार व्यहोरेका थिए ।

यस्तै, ३ को (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह कांग्रेसका रामानन्द यादवलाई फराकिलो मतान्तरले हराउँदै विजयी भएकी छिन् ।

उनी २०६४ सालमा सामानुपातिक तर्फबाट सभासद् थिइन् । २०७० को संविधानसभामा प्रत्यक्ष उम्मेदवार हुँदा कांग्रेसबाट पराजित बेहोरेकी थिइन् । शाहले ११ हजार ७ सय ७१ मत प्राप्त गरेकी छिन् । उनकी निकटतम कांग्रेसका यादवले १० हजार १ सय ४७ मत प्राप्त गरेका छन् ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ को (क) मा वाम गठबन्धनका एमाले उम्मेदवार सुन्दर विश्वकर्माले ३ हजार ४ सय ४७ मतअन्तरले कांग्रेसका आमकृष्ण कार्कीलाई हराउँदै विजयी भएका छन् ।

विश्वकर्मा एमालेका जिल्ला अध्यक्ष हुन् । उनले ११ हजार ७ सय ७० मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कार्कीले ८ हजार ३ सय २३ मत ल्याएर चित्त बुझाएका छन् ।

२०७४ मंसीर २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...