इमान्दार संवाददाता
४४६ पटक

लेखक

हरि बस्नेत

थुन सरकार
एउटा बन्द कोठामा थुन
अध्यारो कोठामा कैद गर
र बनाएकै पनि छौ कैदी आज
हामिलाई र हाम्रा सपनाहरूलाई
अझै आदेश जारी गर
तिम्रो कालो रुपलाई
कालो देख्ने साँचो मान्छेहरुलाई
बन्द कोठामा कैद गर्न आदेश जारी गर ।

तिम्रै हातमा छन सत्ताहरु
छन बन्दुक र बर्दिवालहरु पनि
सक्छौ हुकुम बक्सिस गर
साँचो अर्थका शान्ति खोज्नेहरुलाई
सर्बस्व खोसेर जेल हाल
अनि पैसामा किनिदेउ निरीह मतहरु
र मस्त लुट मेरो ददेशलाई

तर ओ सरकार
बिहान उदाउनु अघि
सक्छौ हाम्रा सपनाहरूको फाँसी देउ
तर तिम्रो बिडम्बना
सक्दैनौ तिमी सक्दैनौ

किनकि
तिम्रो साथमा रहने छैन सधै मध्यरात
झुल्कने छ बिहान अध्यारो चिरेर जरुर
अपहणित सपनाहरूको न्यायपुर्ण बिद्रोहले
मुक्त सपनाहरूको उज्यालो लिएर

रम्ने छौ त्यो बिहान
ओ सरकार
तिम्रा आजका कैदी हामिहरु
बज्ने छ साँचो अर्थको शान्तिका संगितहरु
र आजका तिम्रा मतदाता हरुले
क्रान्तिका गितहरु
जब मुक्त हुन्छन अपहणित सपनाहरू

२०७४-८-२० प्रहरी हिरासत
जिल्ला प्रहरी कार्यालय प्युठान

२०७४ मंसीर २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...