इमान्दार संवाददाता
२९८७ पटक
काठमाडौं ।

देशैभर विजय उत्सव मनाइरहेको नेकपा एमालेलाई बर्दियामा भने ठूलो झट्का लाग्ने भएको छ ।

एमाले र माके गठबन्धका पहलकर्ता वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले हार्ने प्राय निश्चित भएको छ । ताजा परिणाममा गौतमले ३१ हजार ९ सय ४८ मत प्राप्त गर्दा नेपाली काँग्रेसका सञ्जयकुमार गौतम ३४ हजार ४ सय ४ मत प्राप्त गरिसकेका छन् ।

धेरै मत गणना भइसकेको र अब थोरै मतमात्रै गन्न बाँकी रहेको हुँदा गौतमले हार्ने सम्भावना बढेको हो ।

त्यसैगरी अर्का उपाध्यक्ष भीम रावलले पनि विगतका चुनावजस्तो ठूलो मतान्तर गर्न सकेका छैनन् । रावललाई नेपाली काँग्रेसका भरतकुमार स्वाँरले कडा टक्कर दिएका छन् । पछिल्लो परिणामअनुसार रावलले केही मतान्तर बढाएका छन् । तर जितमा ढुक्क हुने बेला नभएको बताइन्छ । रावलले ११ हजार ६ सय ३७ मत ल्याउँदा काँग्रेसका स्वाँरले ७ हजार ६ सय ४२ मत ल्याएका छन् ।

अछामकै क्षेत्र नम्बर २ मा भने झन कडा देखिएको छ । कतिखेर एमाले र कतिखेर काँग्रेले अग्रता लिइरहेका छन् । पछिल्लो परिणामअनुसार एमालेका यज्ञबहादुर बोगटी ७ हजार ७ सय मत प्राप्त गरेका छन् भने काँग्रेसका पुष्पबहादुर शाहले ६ हजार ९ सय ९४ मतका साथ पछ्‍याइरहेका छन् ।

यसैबीच सुनसरीको क्षेत्र नम्बर १ क र ४ क मा एमालेका उम्मेदवार विजयी भएका छन् । सुनसरी एक क बाट एमालेका प्रदिप भण्डारी विजयी भएका हुन् । सुरुवाती गणनामा पछि परेका भण्डारीले नतिजा उल्टाउँदे कांग्रेसका किशोर राईलाई पराजित गरेका हुन् । उनले १९ हजार २ सय ४३ मत ल्याएका छन् भने नेपाली कांगेसका किशोर राईले १३ हजार ७ सय ७० मत ल्याएका छन् ।

यस्तै सुनसरी क्षेत्र नम्बर ४ प्रदेश क मा पनि एमालेकै जगदिश कुसियत विजयी भएका छन् । उनले कांग्रेसका रेवतीरमण दुलाललाई पराजित गरे । । जगदिश कुसियतले १६ हजार ६ सय ९० मत ल्याए भने नेपाली कांग्रेसका रेवतीरमण दुलालले १५ हजार २ सय ८२ मत पाएका छन् ।

इलाम १ मा नेकपा एमालेका उम्मेदवार झलनाथ खनाल १७ हजार १ सय ६७ मतले अगाडि छन् । उनले ३६ हजार ८ सय ५ मत छ ।
उनका प्रतिस्पर्धि कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६ सय ३८ मत पाएका छन् । मतगणनाको सुरुदेखिनै एलाम १ मा खनालको अग्रता कामय छ ।

यस्तै क्षेत्रनम्बर २ मा पनि एमालेको अग्रता कायम छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका सुवासचन्द नेम्वाङ ९ हजार १ सय ८६ मतले अगाडि छन् । उनले ३३ हजार ५ सय १६ मतसहित अगाडि छन् । नेपाली कांग्रेसका केशव थापाले २४ हजार ३ सय ३० मत मात्रै पाएका छन् ।

यसैबीच अर्घाखाँचीबाट माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी फराकिलो अन्तरले अगाडि छन् उनले ३३९८ मत प्राप्त गरिसक्दा नेपाली काँग्रेसका रामबहादुर बिसीले १६८१ मत पाएका छन् ।

२०७४ मंसीर २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...