इमान्दार संवाददाता
३५०६ पटक
गुलरिया ।

जारी मत गणनाको पछिल्लो परिणामअनुसार नेकपा एमाले उपाध्यक्ष बामदेव गौतम झिनो मतले अगाडि बढेको छ ।

बर्दियाको क्षेत्र नम्बर १ को ताजा अवस्थामा गौतमको मतान्तर निकै घटेको छ । उनले २५ हजार ८ सय ४० मत प्राप्त गर्दा नेपाली काँग्रेसका सञ्‍जय गौतमले २५ हजार ५ सय ४० मत ल्याएका छन् ।

सुरुवातीदेखि अग्रता लिएका गौतमको पछिल्लो पटक मतान्तर निकै घटिरहेको छ भने संजयले घटाइरहेका छन् । उनको पछिल्लो पटक बढेको मतले एमाले कार्यकर्तालाई डर लागेको छ भने काँग्रेस कार्यकर्ताहरुले मतगणना बाहिर नारा लगाउने तयारी गरिरहेका छन् ।

उता डडेल्धुरा जिल्लाको प्रतिनिधि सभा तर्फ कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा र बाम गठबन्धनका उम्मेदवार खगराज भटटबीचको अन्तर बढ्दै गएको छ ।

शनिबार साँझ ७ बजेको अपडेट अनुसार देउवाले १७ हजार ३२५ मत ल्याएका छन् । उनका प्रतिश्पर्धी बामगठबन्धनका खगराज भट्टले १० हजार ४३४ मत ल्याएका छन् ।

अहिले देउवा र भटटको मतान्तर ६८९१ रहेको छ । देउवा २०४८ सालयता लगातार यो क्षेत्रबाट निर्वाचित हुदै आएका छन् । देउवाले डडेलधुराबाट यसअघि लगातार ५ पटक जितिसकेका छन् ।

यसैबीच प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाको गृहजिल्ला डडेलधुरामा वाम गठबन्धनले प्रदेशसभाबाट खाता खोलेको छ ।

डडेल्धुराको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा विजयी भएका छन् । उनले कांग्रेसका रघुबर भट्टलाई २ हजार १६९ मत अन्तरले हराए ।

बोहराले १३ हजार ५ सय ६६ प्राप्त गरे भने कांग्रेसका भट्टले ११ हजार ३ सय ९४ मत पाए ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ।प्राप्त पछिल्लो परिणामअनुसार वाम गठबन्धनले प्रतिनिधि सभामा २६ र प्रदेश सभामा ३२ स्थानमा विजय हासिल गरिसकेका छन्।

कांग्रेसले प्रतिनिधि सभामा ३ र प्रदेशसभामा ३ स्थानमा मात्र विजय हासिल गरेको छ।

यस्तै अग्रता लिइरहेका मध्ये नेकपा एमालेले ६२ स्थानाम अग्रता लिएका छन् भने माओवादी केन्द्रका २८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्।

नेपाली कांग्रेसका पनि २१ जनाले अग्रता लिइरहेका छन्।

प्रतिनिधि सभामा विजयी हुनेहरू
नेकपा एमाले
म्याग्दी- भुपेन्द्रबहादुर थापा- २३ हजार ३०८ मत
मनाङ- पाल्देन छोपाङ गुरुङ-
मुस्ताङ- प्रेमप्रसाद तुलाचन
मुगु- गोपालबहादुर बम-१३ हजार ३४ मत
बझाङ- भैरवबहादुर सिंह
डोल्पा- धनबहादुर बुढा- ११७६१
बाजुरा -लालबहादुर थापा- २८०५८
दार्चुला- गणशसिंह ठकुन्ना- २८९९८
बाग्लुङ -सूर्यराज पाठक- ३३६५७
ताप्लेजुङ- योगेश भट्टराई- २९४७९
ललितपुर- कृष्णलाल महर्जन- २७७१३
धादिङ १- भूमी त्रिपाठी- ४९१२१
काठमाडौं ३: कृष्णबहादुर राई- १९१६९
मोरङ ३: भानुभक्त ढकाल- ४२४१३
मोरङ ६: लालबाबु पण्डित- ३३९४१
काठमाडौं ८:जीवनराम श्रेष्ठ- १३३०७
अोखलढुंगा: यज्ञराज सुनुवार- ३२५८०
सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ- ३८४०१
मोरङ १:धनश्याम खतिवडा(३७५२४)
काठमाडौं ९ :कृष्ण गोपाल श्रेष्ठ(२२८५२)
धादिङ २: खेमप्रसाद लोहनी(३६२५६)
पाँचथर : वसन्तकुमार नेम्वाङ ३८६४२
वैतडी: दामोदर भण्डारी ३९५२४
काठमाडाैं २: माधवकुमार नेपाल २७३६६
दैलेख १: रविन्द्रराज शर्मा २३७६७
दाेलखा: पार्वत गुरुङ ५५४५७
कास्की २: रविन्द्र अधिकारी २३६५६
गुल्मी २: गाेकर्ण विष्ट ३४६१८

माओवादी केन्द्र

पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत
रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)-३४४०२
बागलुङ २: देवेन्द्र पौडेल- २८८२७
सिन्धुपाल्चोक १: अग्नि सापकोटा (४०५०४)
ललितपुर ३: पम्फा भुसाल(२४०३७)
माेरङ ४: अमनलाल माेदी ३३५२९
लमजुङ : देव गुरुङ ३१८८७
जाजरकाेट: शक्तिबहादुर बस्नेत ३२२८१
जुम्ला : गजेन्द्रबहादुर महत २२१७३
साेलुखुम्बू : हेमकुमार राई २०९१२
माेरङ ५: शिबकुमार मण्डल २२९४५
कालिकाेट:दुर्गाबहादुर रावत २१११२
दाङ २ : कृष्णबहादुर महरा ३९९५९
कांग्रेस
काठमाडौं १: प्रकाशमान सिंह (१०९३६)
रसुवाः मोहन आचार्य- १४४५३
काठमाडौं ४-गगनकुमार थापा (२१५५१)
काठमाडाैं १० राजनकुमार केसी २४ १९०
मिनेन्द्र रिजाल माेरङ ५ (३८८१९)
काठमाडाैं ६ : भिमसेनदास प्रधान

नयाँ शक्ति

गोरखा-२ बाबुराम भट्टराई नयाँ शक्ती नेपाल ३१८०७

समाजवादी फाेरम
उपेन्द्र यादव

अन्य
हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)

२०७४ मंसीर २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...