इमान्दार संवाददाता
१८८ पटक

प्रोमो र गीतका कारण चर्चामा रहेको चलचित्र ‘राज्जा रानी’ आगामी पुष २१ मा प्रदर्शन हुनेछ । दर्शकहरु माझ प्रतिक्षित बन्दै गएको यो नाजिर हुसेन र केकी अधिकारी स्टारर चलचित्रले पश्चिम तराईको एक जनजाति समुदायको कथा प्रस्तुत गर्नेछ ।

यो चलचित्र मधेसको लवज निकट रहेको कुरा त, निर्माण टिमले सार्वजनिक गरेको ‘चिपक चिपक’ बोलको गीतले बोलेको छ । अब भने निर्माण टिमले फिल्म मैथिली भाषामा पनि प्रदर्शन गर्ने भएको छ ।

आर्यन फिल्मसको ब्यानरमा रमेश एमके पौडेलको प्रस्तुति ‘’राज्जारानी’’ मैथिली भाषामा पनि देशभर एकै दिन प्रदर्शन हुने भएको छ ।

त्यस्तै, प्रस्तुतकर्ता रमेशले दिएको जानकारी अनुसार भारत लगायत अन्य विदेशी मुलुकहरमा समेत प्रदर्शन हुने गरी भोर कम्पनी प्रा लीका सीईओ राज कुमार महतोसंग रु २० लाखमा फिल्मको संझौता भएको हो ।

यम थापा निर्देशित यस फिल्ममा नाजिर र कामेश्वरसंगै केकी अधिकारी, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य लगायतको अभिनय छ ।

फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, चन्दन दत्तको सम्पादन एवं विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।

२०७४ मंसीर २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड