इमान्दार संवाददाता
६०० पटक
काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले केही सञ्चारमाध्यममा चुनावको क्रममा भएका बम विस्फोटको जिम्मा लिएको भन्दै अाएको समाचार भ्रमपूर्ण रहेको बताएका छन् ।

नेता पुनले पार्टीको आधिकारिक कुरा महासचिव विप्लवबाटै आउँने भन्दै अनलाइन खबरसँग सामान्य अनौपचारिक रुपमा मात्रै कुरा भएको बताएका छन् ।

कुराकानीको क्रममा पार्टीले चुनाव खारेज अभियानको नेतृत्व गरेको र त्यसबारे पार्टीले अाधिकारिक भनाई सार्वजनिक गर्ने बताएको तर अाफ्नो र पार्टीबारे जनतामा भ्रम फैलाउने नियतका साथ अनलाइन खबरले समाचार बनाएको भन्दै पुनले अापत्ति जनाएका छन् ।

“मैले जिम्मा लिएको भनेर जसरी कुरा आएको छ, त्यो होइन । मेरो बद्नाम गर्ने उद्देश्यले समाचार आएको छ, यसप्रति मेरो ध्यानाकर्षण भएको छ” नेता पुनले भने ।

यस्तै नेता पुनले अनलाइन खबर जस्तो डिजिटल मिडियाले पुरै प्रतिक्रियावादी कित्तामा उभिएर आफ्ना र पार्टीका बिरुद्ध बिष बमन गर्दै राज्यलाई आफ्ना बिरुद्ध उचाल्ने नियतका साथ यस्तो भ्रामक समाचार प्रकाशन गरेको आरोप लगाएका छन् ।

साथै पुनले यसरी मिडियाको दुरुपयोग गरेर अनाबस्यक पार्टी र आन्दोलनका विरुद्ध प्रहरी प्रशासनलाई उचाल्ने र मिडियाको नाममा सिआइडीको भूमिका खेल्ने काम नगर्न समेत अनलाइन खबरका पत्रकारलाई चेतावनी दिएका छन् ।

इमान्दार मिडियासंगको कुराकानीमा पुनले आफुले निर्वाचनमा भए गरेका घटनाका बारेमा अाफूले कुनै पनि कुराको जिम्मा नलिएको समेत बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत समेत त्यसको खण्डन गरेका छन् ।

“अाज मंसिर २१ गतेकाे अनलाईन खबरमा बमको जिम्मा बिप्लव समुहले लियो अाज सांझ देखि नपड्काउने बचन शिर्षक काे समाचारसंग मेराे नाम जाेडिएर अाएकाे प्रति मेराे गम्भीर ध्यानाकर्षण भएको छ । कथित चुनाव खारेजी अभियान हाम्रो पार्टीको नेतृत्वमा भएको र त्यसको जनस्तरबाट प्रतिरोध भएको कुरा सर्बबिदितै छ ।

तर देशमा भएका बम काण्डकाे जिम्मा हाम्रो पार्टीले लिएको छैन । याे देशमा चुनाव बहिष्कार गर्ने शक्ति हामी बाहेक अरु पनि छन् र स्वयं चुनावमा भाग लिने दलहरूले पनि एक अर्काे प्रति सहानुभूति जगाउने र भाेट प्रभावित पार्ने उद्देश्यले यस्ता अवाञ्छित घटना घटाईएका छन् । हामीले चुनाव खारेजी अभियान अन्तरगत भए गरेका कामको जिम्मा पनि मैले ब्यक्तिगत रुपमा लिने बिषय हाेईन र लिनै परे पनि पार्टीको निर्णयमा पार्टी महासचिव वा प्रबक्ताले लिने हाे ।

हाम्राे चुनाव खारेजी अभियान अाज देखि बम नपड्काउने गरि स्थगित भएको भन्ने भनाइ पनि गलत हाे । स्वाभाविक रुपमा हाम्रो खारेजी अभियान चुनावी प्रक्रियासंग जाेडिएकाे छ तर त्याे पनि अाधिकारिक रुपमा महासचिव वा प्रवक्ताले बाेल्नु पर्छ । त्यसकारण अनलाइन खबरमा अाएकाे बमकाे जिम्मा लिएको भन्ने भनाइ सत्य नभएकोले यसकाे जाेडदाररुपले खण्डन गर्दछु ।” 

उनले लेखेका छन् ।

२०७४ मंसीर २१ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...