इमान्दार संवाददाता
३४ पटक
खोटाङ ।

खोटाङमा मत गणनाका लागि धमाधम तयारी भइरहेको छ । बिहीबार साँझबाट सुरु गरिने मत गणनाका लागि तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतका चार वटा कोठामा मत गणना गर्ने तयारी गरिएको छ ।

दुई वटा कोठामा प्रतिनिधिसभाको मत, एक वटा कोठामा प्रदेशसभा (क) र अर्को कोठामा प्रदेशसभा (ख) को मत गणना गरिने सहायक निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्ययले बताए। मतगणना स्थलको सुरक्षाका लागि अहिले तार जालीले बार्ने काम भइरहेको छ ।

मत गणनाका लागि हरेक उम्मेद्वारका चार जना प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ । गणनामा सहभागी हुने उम्मेद्वारका प्रतिनिधिलाई तार जालीभन्दा बाहिर राखिने मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खोटाङमा बेलुका ७ बजेबाट मत गणना सुरु गर्ने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको समन्वयमा बुधबार बसेको सर्वदलीय बैठकले बेलुका ७ बजेबाट मत गणना सुरु गर्ने निर्णय गरेको हो ।

प्रत्यक्षतर्फको मत गणनापछि मात्र समानुपातिकतर्फको मत गणना गरिने जनाइएको छ । हरेक दुई घण्टामा मतगणनाको पछिल्लो परिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ ।

२०७४ मंसीर २१ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...