इमान्दार संवाददाता
३७ पटक

इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘ई’ को खेलमा लिभरपुलले स्पार्टक मस्कोलाई ७–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो।

लिभरपुलको जितमा फिलिप काउटिन्होले ह्याट्रिक गरे भने साडियो मानेले दुई गोल गरे। फिर्मिनो र सलाहले १–१ गोल थपे।

समूहको अर्को खेलमा सेभिल्ला र मानिबोरले १–१ गोलको बराबरी खेले। समूहमा लिभरपुल १२ अंक जोडेर समूह विजेता बन्दा ९ अंक जोडेको सेभिल्ला उपविजेता बनेर अन्तिम १६ मा पुग्यो।

समूह ‘जी’ को खेलमा बेसिकटास समूह विजेता तथा एफसी पोर्टो समूह उपविजेता बन्दै नकआउट चरणमा पुगे। अन्तिम खेलमा बेसिकटास लेइपजिगलाई २–१ ले हराउँदा पोर्टोले मोनाकोलाई ५–२ ले पराजित गर्‍यो। पराजयसँगै फ्रेञ्च च्याम्पियन मोनाको बाहिरियो। समूहमा बेसिकटास १४, पोर्टोले १०, लेइपजिगले ७ र मोनाकोले २ अंक जोडे।

२०७४ मंसीर २१ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...