इमान्दार संवाददाता
८१ पटक

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा १ बजेसम्म जम्मा २० प्रतिशत मात्र मत खसेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउसो १ जेसम्म २० प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोग प्रवक्ता नवराज ढकालले देशभर बम आतंक र झडपकाबीच पनि मतदान उत्साह र शान्तिपुर्ण तरिकाबाट भइरहेको बताएका छन्। ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ क्षेत्रमा मतदान भइरहेको छ।

प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले मतदान अपेक्षा गरिएको छ। यस्तै देशका केही स्थानमा सुन्य मतदान भएको छ भने केही स्थानमा बिष्फोट र झडपका कारण मतदान स्थगित पनि भएको छ ।

२०७४ मंसीर २१ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...