इमान्दार संवाददाता
८४ पटक
काठमाडौँ ।

प्रदेश र प्रतिनिधिसभा(दोस्रो चरण)को निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । ४५ वटै जिल्लामा शान्तिपूर्ण र उल्लासमय रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार छन् ।

काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरेका छन् ।

नेता पौडेलले सत्यवति माविको ख मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष एवं चितवन ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रमा बिहान सात बजे मतदान गरेका छन् ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले देश समृद्धिको यात्रामा सुरु भएको, देशमा राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने बताए ।

गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार (एमाले नेता) प्रदीप ज्ञवालीले बम्घा निमावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मोरङ ६ का उम्मेदवार (कांग्रेसका नेता) शेखर कोइरालाले आदर्श मावी केन्द्रबाट बिहान सात बजे मतदान गरेका छन् ।

इलाम २ मा वामगठबन्धनका उम्मेदवार सुवास नेम्वाङले सात बजे मतदान गरेका छन् । बालमन्दिर केन्द्रबाट नेम्वाङले मतदान गरेका हुन् ।

नवलपरासी (पश्चिम)को केवलपुरस्थित जनजाग्रिती विद्यालयबाट हृदयेश त्रिपाठीले मतदान गरेका छन् । तुलसीपुर उपमहानगर १९ बाट एमाले नेता शंकर पोखरेलले मतदान गरेका छन् ।

महोत्तरी १ का उम्मेदवार गिरिराजमणि पोखरेलले बर्दिवासस्थित दुधेश्वर प्राबिमा मतदान गरेका छन् राजपा नेता अनिल झाले रौतहटको दुर्गाभगवतीबाट मतदान गरेका छन ।

अर्घाखाँचीको रासीचौर मतदान केन्द्रबाट टोप बहादुर रायमाझीले मतदान गरेका छन् । पुनर्वास ३ रामवस्तीस्थित गोरखा आधारभुत विद्यालयबाट मतदान गर्दै बिना मगर । बिना प्रतिनिधिसभा सदस्यकी उमेद्वार हुन् ।

२०७४ मंसीर २१ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...