इमान्दार संवाददाता
२४४ पटक
पर्वत ।

मतदान सुरु भएलगत्तै मतदान केन्द्रहरुमा बिस्फोट हुने बम भेटिने क्रम तिब्र भएको छ । यसैबीच  मतदान सुरु भएलगत्तै पर्वतमा पनि शक्तिशाली बम बिस्फोट भएको छ ।

बिहान साढे ८ बजेतिर पर्बतकाे जलजला गाउँपालिका अन्तर्गत पर्ने धाइरिङको फोर्से मावि मतदान केन्द्रमा शक्तिसालि बम बिस्फाेट भएको छ ।

बिस्फोटलगत्तै लाइनमा बसेका मतदाताहरुको भागाभाग भएको थियो भने केहिबेर मतदान समेत स्थगित भएको थियो । प्रहरीले दिएको जानकारी अनुसार अहिले उक्त ठाउमा सुरक्षा ब्यबस्था थप गरिएको छ भने मतदान पुन: सुचारु भएको छ ।

 

 

२०७४ मंसीर २१ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...