३० पटक

पृथ्वीमा एक वर्षमा ३ सय ६५ दिन अर्थात् ८७६० घण्टा हुन्छ । तर के तपाईहरुलाई थाहा छ, एउटा यस्तो ग्रह पत्ता लागेको छ जहाँ ७ घण्टाको एक बर्ष हुन्छ ।

हालै एक केपलर टेलिस्कोपले एउटा यस्तो ग्रह पत्ता लगाएको छ जसलाई अन्तरिक्षको सबैभन्दा तीव्र गतिको ग्रह भनिएको छ ।

यो ग्रहमा समय यति छिटो बितिरहेको हुन्छ कि पृथ्वीका हिसाबमा हेर्ने हो भने पृथ्वीमा १ बर्ष हुदाँ उक्त ग्रहमा १२ सय ५१ बर्ष बितिसकेको हुन्छ । अर्थात पृथ्वीमा रहेका मानिसहरुको उमेर १ बर्षको हुदाँ त्यहाँका रहेका प्राणीको उमेर १२ सय ५१ बर्ष नै बितिसकेको हुनेछ ।

यो ग्रहको नाम ईपीआईसी२४६३९३४७४बी राखिएको छ । केपलरद्धारा खोजिएको उक्त ग्रहले सूर्यको परिक्रमा गर्न ६.७ घण्टा लगाउने गर्दछ ।

केपलर एउटा ग्रहको अन्वेषण गर्ने अन्वेषी अर्थात् प्लानेट हन्टिङ टेलिस्कोप हो । जसले अहिलेसम्म करिब २३ सय वटा ग्रहहरुको खोजी गरिसकेको छ । यो नयाँ ग्रहलाई पनि उसले पृथ्वीको एकदमै नजिक खोजी गरेको छ । सन् २०१३ मा केपलरले के२ मिशनको सुरुवात गरेको थियो ।

यो नयाँ ग्रह पृथ्वीभन्दा करिब ५ गुणा ठुलो रहेको छ । यो ग्रहमा गह्रौ खालको पत्थर रहेको छ । जसमा ७० प्रतिशतसम्म फलाम रहेको सम्भावना व्यक्त गरिएको छ ।

यो ग्रह मानव बसोबासका लागि भने योग्य नभएको बताइएको छ । वैज्ञानिकहरुका अनुसार यहाँ स्टेलर रेडिएशन फैलिएको छ । पृथ्वीको नजिक भएर पनि मानवीय बसोबासका लागि योग्य बनाउन सक्ने कुनै सम्भावना नरहेको बताइएको छ ।

यद्यपी यसबारेमा प्रमाणित भने भइसकेको छैन । यो ग्रहमा ७ घण्टाको एक वर्ष हुने भएपनि एक दिन चाहीँ ठ्याक्क कति समयको हुन्छ भन्ने कुरा उल्लेख गरिएको छैन । हाल वैज्ञानिकहरुले यसमाथि थप अनुसन्धन गरिरहेका छन् ।

२०७४ मंसीर २० गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...