इमान्दार संवाददाता
११६३ पटक
सल्यान ।

मौन अवधिकै बीच नेकपा एमाले र माओवादीबीच व्यापक तनाव बढेको छ । केपी अाेलीका कार्यकर्ताले प्रचण्डका कार्यकर्तामाथि सांघातिक आक्रमण गरेका छन् ।

सल्यानको वनगाड कुविन्डे नगरपालिकामा–७ मा एमालेका कार्यकर्ताहरुले मंगलबार राति सांघाति आक्रमण गरेको माओवादी केन्द्रका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीले बताए ।

आक्रमणमा परी माओवादी केन्द्रका स्थानीय नेता जीवन बहादुर ठकुरी, नरेन्द्र सिंह, पर्मिलसिंह शाह घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको बताइएको छ ।

माओवादी केन्द्र सल्यानले एमालेका प्रदेश सभा (क) का उम्मेदवार गुलाब जंग शाहको निर्देशनमा आफ्ना कार्यकर्तामाथि आक्रमण भएको आरोप लगाएको छ ।

बुधबार विहानैबाट उम्मेदवार शाहको गाउँ समेत रहेका वनगाड कुवेन्डेमा एमाले नेता कार्यकर्ताहरु भेला भएका छन् । सोही नगरपालिकाका मेयर गोविन्द पुनको आजको भेलाको व्यवस्थापन गरेको बताइएको छ ।

भोलि बुथ कब्जा गर्ने योजना बनाउन लागेको माओवादी केन्द्र र नेपाली काँग्रेसले आरोप लगाएका छन् ।

अन्य जिल्लामा एमाले-माकेबीच चुनावी तालमेल भएपनि सल्यानमा माओवादी केन्द्र चुनौती दिँदै बागी उम्मेदवारी दिएको छ ।

फाइल तस्वीर

२०७४ मंसीर २० गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...