इमान्दार संवाददाता
९१ पटक
नयाँ दिल्ली।

उम्मेदवारी दिने एक्लै भएपछिभारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ ।  गान्धी नै सो पदमा निर्विरोध चयन हुने निश्चित भएको हो ।

हाल सोनिया गान्धी भारतीय काँग्रेसकी अध्यक्ष छन् । सोनियाले सन् १९९८ बाट अर्थात् १९ बर्षदेखि काँग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएकी छिन । स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले पद छोड्न लागेकी हुन् ।

यस अघि पनि राहुल गान्धी पार्टीको उपाध्यक्ष थिए । आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो ।

सोमबार साँझसम्म उनिबाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष बन्ने निश्चित भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । ।

२०७४ मंसीर १९ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...