इमान्दार संवाददाता
३२ पटक
काठमाडौं ।

बुधबारदेखि कुवेत–काठमाडौं–कुवेत सिधा हवाई सेवा सुरु हुने भएकाे छ ।

कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौं प्रत्यक्ष उडान सुरु गर्न लागेको हो ।

उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग मंगलबार कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं–कुवेत सिधा हवाई उडानबाट नेपाल–कुवेतसम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

२०७४ मंसीर १९ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...