१७६ पटक

लेखक

–  हरी बस्नेत 

प्रिय सखे
तिमी र हामिले
पसिनाको नदी बगाएर
सहिदहरुले
रगतै रगतहरुको
समुन्द्र बनाएर
मेरो देशमा ल्याएको गणतन्त्रमा
हामीलाई नै कैद गरिएको छ
बन्द कोठाहरुमा
बर्तमानको यो पलहरमा !

हामिले बैंशालु जोबन बिर्सेर
रहर र खुशिहरु त्यागेर
हामिले जितेको एक लडाइले
हामिले बगाएको
रगतहरुले लेखिएको संविधानले
हामिलाई नै
अपराधी घोषणा गरिदैछ
र हामीलाई नै
सजाए सुनाइदैछ आज !

प्रिय कमरेड,
बन्दुकहरुको नियन्त्रणमा आज
अँध्यारो बन्द कोठरीहरुमा
हाम्रा सपनाहरू कैदी बनाइएका छन
हाम्रा भुतपुर्व कमाण्डरहरु
सेता बङ्गालाहरुमा सयर हुदा
रातो कार्पेट भएर थिचिएका छन
हाम्रा बलिदानीहरु आज !

त्यसैले
प्रिय सखा
आउ फेरि आउ
रहरहरु भुलिदेउ हिजो जस्तै
खुसीहरु त्यागिदेउ
र बोलिदेउ नझुक्ने बिद्रोहहरु

बालिदेउ आगोहरु बिद्रोहको
फायर रेन्चहरुबाट पड्काउ बन्दुक
जहाँ कहिल्यै नझुकुन उत्पीडीतहरु
मुक्त बनुन हाम्रा सपनाहरू ।

प्रिय सखे
आउ क्रान्तीको आगो बनेर आउ
र बर्षिदेउ सेता दरबारहरुमा
जहाँ हाम्रा रगतहरुले हाँसिरहेका छन ।
लाल ख्वामित हरु !

२०७४ मंसीर १९ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...