इमान्दार संवाददाता
१४१ पटक
काठमाडौँ ।

राजधानी ब्युनर्स आयर्सको पासेओ डे लास ग्लोरियसमा अवस्थित अर्जेन्टाइन कप्तान लियोनल मेस्सीको पूर्णकदको प्रतीमा बर्बर हमलाको शिकार भएको छ । प्रतीमामा दुवै खुट्टा फुटाइएको छ ।

मेस्सीको प्रतीमामा क्षति पुर्‍याइएको यो दोस्रो पटक हो । २८ जुन २०१६ मा अनावरण गरिएको प्रतीमामा पहिलो पटक जनवरी २०१७ मा हमला गरिएको थियो ।

उक्त तोडफोडसंगै त्यहाँको अवस्था तनावग्रस्त बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । मेस्सिका समर्थकहरुले घटनाको बिरोध गरेका छन् ।

यस प्रतीमा कार्लोस बेनवाइट्सले बनाएका थिए । बारम्बार आक्रमणमा परेपछि यस प्रतीमा अब राजधानीको स्मारक र कला निर्माण बिभागमा स्थानान्तरण गरिनेछ ।

मेस्सीको प्रतीमा राखिएको स्थानमा अर्जेन्टिनाका बिभिन्न खेलकुदका महान हस्तीहरुको प्रतीमा अवस्थित छ ।

२०७४ मंसीर १८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...