इमान्दार संवाददाता
६१ पटक
धरान ।

मानव स्वास्थ्यलाई प्रतिकुल असर पुग्ने गरी धरानमा शवदाह गरेको कोइला बिक्री हुने गरेको छ । शवदाह गरेको कोइला खुलेआम बिक्री हुँदासमेत सरोकारवाला निकाय भने मौन बसेको स्थानीयको गुनासो छ ।

उनीहरुले त्यस्ता कोइला बिक्री बन्द गर्न माग गरेका छन्। धरान–१४ स्थित खत्रीधारामा शवदाह गरेका दाउराबाट उत्पादित कोइला स्थानीय होटल व्यवसायीले खरिद गरी सेकुवा र मकै पोल्ने गरेको पाइएको छ ।

खत्रीधारा आर्यघाटका चौकीदार सन्दीप थापाले स्थानीय होटल व्यवसायीहरुलाई सहुलियत दरमा कोइला बिक्री गर्ने गरेका छन्। उक्त कोइला स्थानीय होटल व्यवसायीहरुले बिहान र बेलुकाको समय पारेर खरिद गरी लाने गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

उक्त कोइला धरानको बगरकोट, काठेपुल, निराजन बस्तीलगायतका होटल व्यवसायीले खरिद गरी लैजाने गरेको स्थानीयको भनाई छ। अन्नपूर्णमा खबर छ ।

२०७४ मंसीर १७ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...