इमान्दार संवाददाता
१११३ पटक
बारा ।

जितपुरसीमरा उपमहानगरपालिका-३ बजनी र रामवानकोबीच गाउँमा एक दम्पतीको हत्या भएको छ । गाईपालन गर्दै आएका कृषक दम्पतीको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय सीमराका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार ३५ वर्षीय दीपक सुवेदी र उनकी ३० वर्षीय श्रीमती दीपा सुवेदीको हत्या भएको हो । दीपकको शव घरबहिर ४० मिटर पर र दीपाको शब घरभित्र भेटिएको प्रहरीले जनाएको छ ।

घरेलु चक्कु र चिरेको बाँसको भाटाले प्रहार गरेर हत्या गरेको अवस्थामा सुवेदी दम्पतीको शव फेला परेको छ । हत्यापछि हत्यामा संलग्न व्यक्ति गाई फारमको पछाडिबाट भागेको पाइएको छ । विहान गाईहरु ठूलो स्वरले कराएपछि गएर हेर्दा उनीहरुको मृत्यु भएको देखेको स्थानीय वासिन्दाले बताए ।

हत्या अनुसन्धानको लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान व्यूरो सीआईवीको टोली बारा पुगेको छ । लुटेराको समूहले लुटेर हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

दम्पतीको एक छोरा र छोरी छन् । सधैँ परिवार गाईफर्ममै बस्ने गरेपनि हिजो छोराछोरी घरमा सुतेका थिए । घर गाईफार्मको नजिकै छ ।

२०७४ मंसीर १६ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...