इमान्दार संवाददाता
५६ पटक
काठमाडौँ ।

इन्डोनेसियामा  एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको छ ।

भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले १७ हजार ९ ओटा घरहरु नष्ट भएको प्रकोप व्यवस्थापन विभागले जनाएकाे छ।

प्राकृतिक प्रकोपमा पररी अरु चार जना घाइते भएका छन् भने एक हजार ८ सय ७९ जना घरवारविहिन भएका छन् ।

उनीहरुलाई सुरक्षित ठाँउका आश्रयस्थलहरूमा राखिएको विभागका प्रवक्ता पुर्वो नुग्रोहोले जानकारी दिएकाे बीबीसीले जनाएकाे छ । प्रभावित सवै ठाँउहरूमा अझै पनि पुग्न नसकेको उनले बताए ।

ठूलो क्षति बनाउनेगरी आँधी आएपछि नोभेम्बर २७ देखि संकटकाल घोषणा गरिएको छ ।

२०७४ मंसीर १६ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...