इमान्दार संवाददाता
२०३ पटक
काठमाडौँ ।

राजधानीबाट शनिबार प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई पहिलो पृष्ठमा छापेका छन् ।

प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणअन्तर्गत हुने निर्वाचनको विश्लेषण पस्केका दैनिक पत्रिकाहरुले काठमाडौंकै केही मतदान स्थल संवेदनशीलको सूचीमा परेको लेखेका छन् ।

काठमाडौंका १४१ मतदानस्थल संवेदनशील

प्रदेश तथा प्रतिनिधिसभाको दोस्रो चरणमा हुने निर्वाचन सुरक्षाका दृष्टिले काठमाडौंका १ सय ४१ मतदानस्थललाई निर्वाचन आयोग र सुरक्षा संयन्त्रले संवेदनशीलको सूचीमा राखेको छ । राजधानी दैनिकका अनुसार, काठमाडौंका ३ सय २० मतदानस्थलमध्ये संवेदनशील मानिएका १ सय ४१ मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको निर्वाचन आयोग र काठमाडौं जिल्ला सुरक्षा समितिले जनाएका छन् ।

किन भइरहेछ सुरक्षास्थिति फितलो ?

कान्तिपुर दैनिकले  ‘सुरक्षा किन फितलो ?’ शीर्षकमा समाचारमा लेखिएको छ, ‘सुरक्षा निकायले आफ्नो गोप्य संयन्त्रमार्फत ल्याउने सूचनाको कमीले यस्तो समस्या भएको पूर्वप्रहरी अधिकारीहरूको विश्लेषण छ ।’

हाल गृहमन्त्री नभएको र गृहमन्त्रालयको जिम्मेवारी पनि स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेका छन् । तर उनी निकै व्यस्त छन्, गृहमन्त्रालयमा पनि जाँदैनन् । ‘यस्तो अवस्थामा सम्बद्ध निकायले प्रधानमन्त्रीसँग सीधा छलफल गर्न नपाउँदा पनि सुरक्षा फितलो बन्न गएको हुन सक्ने अधिकारीहरू बताउँछन्,’ कान्तिपुरमा लेखिएको छ । तर, गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले भने कुनै कमजोरी हुन नदिएको र सूचना आदानप्रदानमा पनि कमी नभएको दावी गरेका छन् ।

उनले भनेका छन्– सबै गम्भीर भएर लागेका छौं । बम बनाउन प्रयोग हुने डेटोनेटरलगायत सामग्री बरामद भइरहेका छन् । सूचना आदानप्रदानमा पनि कमी छैन, निर्वाचनविरोधी गतिविधिमा संलग्न झन्डै ८ सय व्यक्ति पक्राउ परिसकेका छन् । सरकार सुरक्षा समन्वयमा चुकेको छैन ।

 

राष्ट्रपतिलाई आक्रमण गरे जन्मकैद

राष्ट्रपतिमाथि आक्रमण गरे जन्मकैद हुने व्यवस्थासहितको मुलुकी ऐन आगामी भदौबाट कार्यान्वयनमा आउने भएको छ । १ सय ४६ वर्षपछि पूर्णरुपमा प्रतिस्थापन भएको मुलुकी ऐनमा राज्यविरुछ कसुर गर्नेलाई ५ वर्षदेखि जन्मकैदसम्मको सजाय निर्धारण गरिएको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार, ज्यान लिने उद्देश्यले राष्ट्रपतिमाथि आक्रमण गर्ने र गर्न लगाउने कुनै पनि व्यक्तिलाई जन्मकैदको सजाय हुने व्यवस्था ऐनमा छ ।

फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐनको दफा ५४ को उपदफा ३ मा कसैले नेपालको राष्ट्रपतिको ज्यान लिन वा लिने उद्योग गरे व ागर्न लगाए जन्मकैद हुने व्यवस्था गरिएको नयाँ पत्रिका दैनिकको समाचारमा उल्लेख छ ।

२०७४ मंसीर १६ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...