इमान्दार संवाददाता
२७४ पटक
पटना ।

एकजना भोजपुरी अभिनेत्रीलाई बलात्कार गरेको अभियोग लागेका अभिनेता मनोज आर पाण्डेय नेपाल भाग्न लाग्दा भारतको मुम्बई प्रहरीले पक्राउ गरेको छ ।नेपाल भाग्नका लागि एकजना युवतीसँग ५ लाख मागेको समाचारमा जनाइएको छ ।

भारतीय पत्रिका दैनिक भाष्करका अनुसार यो विषयको जानकारी मनोजकी पूर्वप्रेमिकाले थाहा पाएपछि रकम दिन गएकी थिइन् तर प्रहरी उनीभन्दा छिटो पुगेको थियो ।

प्रहरी देखेर भाग्न लागेका मनोजलाई लखेटेर पक्राउ गरिएको समाचारमा जनाइएको छ ।मनोजलाई पक्राउ गरिएपछि पीडित अभिनेत्रीले प्रहरीले पनि सुस्त गतिमा काम गरेको बताइन् ।

उनले मनोज भागेको भए त्यसको जिम्मेवारी प्रहरीले लिनुपर्ने बताएकी थिइन् । ५ लाख मागेपनि अभिनेता मनोजले ५० हजार मात्र पाउने थिए । सोही रकम बोकेर उनी नेपाल आउन लागेका थिए ।

भोजपुरी फिल्मकी एउटी गायिका तथा अभिनेत्रीसँग उसको ५ वर्षसम्मको लिभिङ टुगेदर थियो । उनीहरू सम्बन्धमा थिए । विवाहका लागि दबाब परेपछि उसले धोका दिएको थियो । उसले वर्षा नामकी केटीसँग विवाह गरेको भन्दै कुरा पनि गराएको समाचारमा उल्लेख छ ।

२०७४ असोज १६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड