इमान्दार संवाददाता
१५३ पटक

बिगत ४ बर्षदेखी कामको शिलशिलामा मलेसिया बस्दै आएका नुवाकोट लिखुका प्रतिभावान सर्जक कृष्ण बस्नेत ‘समिप’ले आफ्नै कला संस्कृति र मौलिक परम्परा झल्काउने खालको गीत बजारमा आएको छ ।

उनले हालै ‘जमाना नि के आयो’ बोलको गीत बजारमा ल्याएका छन् । यो गीत रोमान्चक तथा व्यंग्यात्मक बनाइएको छ भने सामाजिक यथार्थसंग मिल्दोजुल्दो रहेको पनि गीतसंगीतका जानकारहरुले बताएका छन्।

प्रस्तुत गीतमा काठमाडौँको रेडियो मिर्मिरेमा कार्यरत सञ्चारकर्मी सर्जक शाहस भट्टको लय रहेको छ । भट्टले यसअघि पनि थुप्रै गीतहरु सिर्जना गरेर श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

कृष्ण बस्नेत ‘समिप’ र शाहस भट्टको सब्द र लयमा तयार भएको यो गीत सञ्चारकर्मी तथा गायक राजु बोहरा र गायिका सिर्जु अधिकारीको स्वर रहेको छ ।

यो गीतको म्युजिक भिडियोमा लक्ष्मी तामांग र राम खाती आधुनिक जमानाको जोडीको भूमिकामा छन् भने अर्का चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ “बल्छी धुर्बे” र सिर्जु अधिकारीले अभिनय गरेका छन् ।

बिक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छायांकन र मिलन बि.क.को सम्पादन रहेको यो म्युजिक भिडियो म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

२०७४ मंसीर ११ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...