४५६० पटक

भोलि हुन् लागेको प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनको सामाग्री लिएर गएको सरकारी टोलिलाई स्थानीयबासिन्दाले लाखेटेपछि कालिकोटको अबस्था तनाबग्रस्त भएको छ ।

कालिकोटको पलाता गाउँपालिका साबिकको (धौलागोह गाविस)को डाफे मतदान केन्द्रमा जाँदै गरेको निर्वाचन सामाग्रीसहितको सरकारी टोलीलाई स्थानीयले ढुंगामुडा गरेर लखेटेका हुन्।

स्थानीय जनताले मतदान केन्द्रमा जाँदै गरेको टोलीलाई लखेटेर निर्वाचन सामाग्री कब्जा गरेको खबर पाउनासाथ् सदरमुकाम मान्म खाडाचक्रबाट गएको सेनाको हेलिकप्टरले अहिले उक्त क्षेत्रमा ब्यापक गोली बारी गरिरहेको छ ।

सेनाले हेलिकप्टरबाट गोली चलाउन थालेपछि सर्वसाधारण निकै आतंकित बनेको हाम्रा संवाददाता सजनी बमले बताएकी छन्। सजनिकाअनुसार सेनाको हवाई गस्ती र फायरिङका कारण स्थानीय सर्बसाधारण घरबाहिर निस्किन सकेका छैनन् ।

डाफे बुथको लागी गएको सरकारी कर्मचारी र प्रहरीको पुरै टोलीलाई स्थानीयले लखेटेपछि उत्पन्न तनाबका कारण पलातामा सेनाले ब्यापक दमन गर्ने डरले केही स्थानीय युवाहरु जंगल तिर लागेको इमान्दार मिडिया संवाददाता सजनीले बताइन।

हवाई गस्ती गरिरहेको सेनाको हेलिकप्टरले अहिलेसम्म २ दर्जन भन्दा बढी गोली प्रहार गरेको छ भने जंगल क्षेत्रमा बम समेत प्रहार गरेको बताइएको छ ।

निर्वाचन सामाग्रीसहित भागेको टोलीलाई हेलिकप्टर मार्फत सदरमुकाम ल्याउने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएको छ ।

यो समाचार तयारपार्दासम्म जिल्ला प्रशासन कार्यालय कालिकोटले घटनाका बारेमा बुझ्ने प्रयास मात्र भएको, एकिन विवरण आइनसकेको र हेलिकप्टर मार्फत थप सुरक्षाकर्मीसहित कर्मचारीहरुको टोली त्यसतर्फ पठाउने तयारी भइरहेको बताएको छ ।

गएको  स्थानीय तह निर्वाचनमा मालकोटकै मालकोटका जनताले पुरै बुथ कब्जा गरेर मतपेटिका जलाउँदा भएको दोहोरो भिडन्तमा परी एक जनाको ज्यान जानुका साथै दर्जन बढी घाइते भएका थिए ।

२०७४ मंसीर ९ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...