बाबुलाल बुढा मगर
८३ पटक
रियाद ।

साउदीस्थित नेकपा माओवादी केन्द्रको प्रबासी संगठनले माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवंम प्रचण्डका स्वकिय सचिव प्रकाश दहाल र पुर्ब सांसद तथा जनवादी गायक खुसीराम पाख्रीनको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

गत मंसिर ३ गते असमयिक निधन भएका दहाल तथा उनैको सम्झनामा गत मंसीर ५ गते चितवनमा वाम गठबन्धनले आयोजना गरेको श्रद्धाञ्जली सभामा गित प्रस्तुत गर्दै गर्दा हृदयघातका कारण मृत्यु भएका स्वर्गीय पाख्रीनप्रति नेपाली जन प्रगतिशील मंच साउदीले दमामस्थित सनराइज होटेलमा एक कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

संगठनका अध्यक्ष कमल शाहीको सभापतित्वमा  शुक्रबार सम्पन श्रद्धाञ्जली सभाका प्रमुख अतिथि कमल महत र विशिष्ट अतिथि नेपाली दूतावासका पुर्बी दमामस्थित स्थानीय कर्मचारी हरि घिमिरे रहेका थिए ।

एमालेको प्रवासी संगठनका सल्लाहकार रामकृष्ण घिमिरे उपाध्यक्ष जेन लामा ,सचिब देबेन्द्र सुवेदी लगाएतको पनि उपस्थिति रहेको थियो भने नेपाली जन प्रगतिशील मोर्चाका साउदीका अध्यक्ष भानु प्रदेशी पनि उक्त सभामा सहभागी थिए ।

सचामा सहभागीहरूले स्व. दाहाल र पाख्रीनकोको निधनले सबैलाई स्तब्ध बनाएको बताएका थिए ।

सभामा साउदीको बसाइलाई सकाएर नेपाल फर्कदै गरेका उपाध्यक्ष जयकुमार लामा (क्षितिज) लाई संगठनका लागि अमुल्य योगदान गरेकाे भन्दै सम्मानस्वरूप खादा र सम्मानपत्र सहित समेत प्रदान गरिएकाे थियाे ।

२०७४ मंसीर ९ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...