इमान्दार संवाददाता
७७१ पटक
काठमाडौँ ।

केहि दिनअघि निधन भएका प्रकाश दाहालबारे उनको अन्तिम अवस्थामा उपचार गर्ने डाक्टर प्रकाश रेग्मीले आफ्नो भनाई सार्वजनिक गरेका छन् ।

मृत अवस्थामा अस्पताल  पुर्याइएका प्रकाशको मृत्यु  पोस्टमार्टम नै नगरी हृदयघातबाट भएको भन्न नमिल्ने उनको तर्क छ ।

डा रेग्मीले भनेका छन् – ‘प्रकाशको मृत्यु हृदयघातले नै भएको हो भनेर भन्न सकिन्न ! अब नर्भिकजस्तो अस्पतालले हृदयघात भन्छ भने त्यो नर्भिकको गल्ति हो ।’

हृदयघात भन्नका लागि त्यो कुरा प्रमाणित हुनुपर्ने उनको भनाई छ । ‘हृदयगति बन्द भएको मान्छेलाई हृदयघात भएको भनेर कन्फर्म गर्न मिल्दैन उनेले भनेका छन् ।

हृदयघात नै हो भनेर कन्फर्म गर्नका लागि पोस्टमार्टम गरिनुपर्ने उनको भनाई छ । ‘पोस्टमार्टम गर्दाखेरी यदि हृदयघात हो भने मुटुको रक्तनली अवरोध उत्पन्न भएको र मुटुको मांसपेशी मृत अवस्थामा भएकाे, एकदमै त्यहाँ रगत नपुगेर ।’ उनले अगाडी भनेका छन् -‘मुटु मांसपेशी रक्त अभावमा मृत फेला पर्छ ।’

मृत अवस्थामा ल्याएकाले इसिजी समेत गर्न नपाइकनै हृदयघात भनेर ठाेकुवा गर्न नमिल्ने उनले बताउका छन् । हृदयगती बन्द भएर नै मान्छेकाे मृत्यु हुने कुरा सत्य भए पनि हृदयघातबाट मात्र नभए मुटुकाे गति बन्द हुने अरू कारणहरू पनि हुनसक्ने उनकाे भनार्इ छ ।

हेर्नुहोस् क्यानडा-नेपालबाट लिइएकाे भिडियो

२०७४ मंसीर ८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...