इमान्दार संवाददाता
९२ पटक

अनुभबी टेक्नोलोजिजले सुदुरपस्चिमेलीहरुको लागि देउडा एप गुगल प्ले स्टोरमा सार्वजनिक गरेको छ । देउडा एपमा प्रयोगकर्ता हरु ले देउडा पढ्न सक्ने र आफुलाई मन परेको देउडा लाइक पनि गर्न सकिने टेक्नोलोजिजले जनाएको छ।

उक्त देउडा एपमा प्रयोगकर्ता हरुले आफ्नो देउडा पोस्ट पनि गर्न सक्ने छन् र सो सुबिधाका लागि सर्वप्रथम प्रयोग कर्ताले लग इन गर्नु पर्ने हुन्छ । फेसबुकको माध्यमबाट यो एपमा सजिलै लग इन गर्ने सुबिधा रहेको छ ।

एपमा ठाडी भाका, रतेरी, हुद्केउली र धमारी प्रकार समाबेस गरिएका छन् ।

देउडा गीत नेपालको सुदुरपस्चिमका सम्पूर्ण जिल्लाहरुमातथा मध्यपश्चिमका दैलेख, कालिकोट र जुम्लामा एकदमै लोकप्रिय छ ।

प्रयोगकर्ताको सल्लाह सुझाव अनुसार आगामी दिनमा एपलाई अपडेट गर्दै लैजाने योजना रहेको अनुभबी टेक्नोलोजिजले जनाएको छ ।

२०७४ मंसीर ८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...