इमान्दार संवाददाता
८८०५ पटक
बाजुरा ।

बाजुराको बूढीगंगा नगरपालिका–१ मा बिहीबार राति ८ बजे घरेलु हातहतियार प्रहारबाट नेपाली काँग्रेसका ६ जना कार्यकर्ता घाइते भएका छन् भने ३ जना सम्पर्कविहीन रहेका छन् ।

घाइते हुनेमा बूढीगंगा नगरपालिका–१ का स्थानीय कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाइ र लाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार एमालेका कार्यकर्ताको आक्रमणमा परी ३ जना सम्पर्कविहीन रहेको बताइएको छ । सम्पर्कविहीन हुनेमा सोही वडाका स्थानीय डम्बर थापा, रमेश नेपाली र किसन नेपाली रहेको प्रहरी नायब निरीक्षक जगदिश भट्टले जानकारी दिए ।

भट्टले दिएको जानकारीअनुसार घाइते मध्ये कृष्ण थापा र अम्म थापाको अवस्था गम्भीर रहेको छ । आक्रमणकारीले कृष्ण थापाको मोबाइल, डायरी, ज्याकेट र नगद रु पाँच हजार ५०० लुटेको बताए।

उनका अनुसार घाइते भएका कृष्ण थापा सोही वडामा रहेको जनप्रभात प्राविका शिक्षक हुन् भने ललित थापा स्थानीय तहको निर्वाचित वडा सदस्य हुन् ।

घाइते भएका ६ जनाको जिल्ला स्वस्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको प्रहरीले बताएको छ । आक्रमण गर्नेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

वाम गठबन्धनका गणेश थापाको नेतृत्वमा गएको ४० जनाको समूहले खुकुरी, घरेलु हातहतियार र ढुंगा प्रहारबाट काँग्रेस कार्यकता घाइते भएकोप्रति नेपाली काँग्रेसले जनाएको छ ।

बाटोमा हिँडिरहेका बेला एकाएक एमालेका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएको काँग्रेसको भनाइ छ ।

२०७४ मंसीर ८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...