१४९ पटक

जन्मदेव जैसी ।

०५४ सालको २६ चैत्रको दिन । बसन्त ऋतुको आगमन हुँदैथियो । विथल डाँडामा पलाएका पालुवा र कोइलीको समधुर गीतले सधैको नियमिततालाई क्रमभंग गर्नै लागेको अनुभूति दिइरहेको थियो । नेपाली जनयुद्धको दोश्रो वार्षिकीको रौनक सिद्धिएको थिएन ।

एकातिर मनमोहक वातावरण अर्कोतिर पुरानो सत्ताको प्रहरीले गर्ने गस्तीले बस्ती आतंकित । त्यो दिन कालिकोटको माल्कोटस्थित विथल डाँडामा त्यही प्रवृति भयो । जनयुद्ध पश्चात भरखर क्रान्तिको बिउ रोपिदै थियो त्यहाँ । जनताको जनविद्रोहबाट अतालिएको पुरानो सत्ता जनयुद्ध रुपि बिरुवा निमोट्न देशै भरी विभिन्न षड्यन्त्रको तानाबाना बुनिरहेको थियो ।

माओवादी प्रभावित क्षेत्र उसको अभियानको निसानी भएकाले कालिकोटको जनक्रान्तिको तुफानी केन्द्र माल्कोटको विथल डाँडामा छिमेकी गाउँ कुमालगाउँ इप्रकाबाट प्रहरी गस्ती माल्कोट जाँदैथियो । हवल्दार कर्णबहादर थापाको नेतृत्वमा ११ जना प्रहरी गस्ती जव विथल डाँडा पुग्यो मच्चिन शुरु भयो प्रहरी आतंक ।

लेखक- जन्मदेब जैसी

कर्णालीमा सर्वहारा मुक्तिका लागि क्रुान्तिको झण्डा उठाउने पहिलो व्यक्ति खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई हत्या गरेर मुक्तिकामी नेपाली जनताको जनमुक्ति आन्दोलन सखाप पार्ने गुरुयोजना बनाएर सो प्रहरी टोली त्यहाँ पुगेको थियो ।

घडीले विहानको ११ बजेको संकेत दिइरहेको थियो । दमनको असरी रुप देखाउँदै प्रहरीले विथल डाडाँमा रहेको जितबहादुर विकको घर घेरा हाले । परिवारलाई तथानाम गाली गर्दै आतंक मच्चाउँदै राक्षसरुपी प्रहरीले जितबहादुरकी बृद्धा आमालाई कन्चडमा गोली हानेर त्यहीँ लडाए । नाती कोखमा राखेर आँगनमा बसिरहेकी आमालाई प्रहरीले ढालेपछि जितबहादुरले सिट्टीको कासन दिएर गाउँलेलाई बोलाए ।

जनयुद्धको विगुल फुकेकै दिन पुरानो सत्ताका सबै संरचनालाई खारेज गरिसकेका महान माल्कोटी जनतालाई प्रहरीको त्यो ज्यादति सैय भएन र शुरु गर्नथाले प्रतिरोध । सिीको कासनसंगै माहुरीको वेग झै विद्युतीय गतिमा माल्कोटका बहादुर दलित महिलाहरु घटना स्थल बिथल डाँडामा पुगे । न उनीहरु तालीम प्राप्त थिए न जनमुक्ति सेना । न उनीहरुसँग कुनै हात हतियार नै थियो ।

निशस्त्र हातहरु लिएर विथल डाडाँ पुँगेपछि शुरु भयो बहादुर महिला र प्रहरीबीच घमसान लडाई । प्रहरीको ज्यादती र रगतको भेलबाट आक्रोषित ती महिला र प्रहरीबीचको लडाइबाट त्यो बिथल डाँडा एकै छिनपछि रणभूमिमा परिणत भयो ।

आधुनिक हतियारद्वारा सजित एघार जना प्रहरी र निशस्त्र महिलाको ढुङ्गा र मुढाको दोहोरो भिडन्त घमासान चल्यो । साँच्चै ति वीर नारिको चमत्कारी पूर्ण लडाई देख्दा लाग्थ्यो त्यो वास्तविकता हैन कुनै फिल्मको एउटा काल्पनीक कथा हो । तर त्यो बास्तविक घटना थियो।

अहिले इतिहास बनिसकेको छ त्यो घटना । शदिऔं कालदेखि प्रतिकि्रयावादी सत्ताद्वारा लादिएको दमनको प्रतिरोध उनीहरुले एकैचोटी गरेका थिए ती बहादुर कालिकोटका दलित महिलाले । वषौंदेखि भोगेको उत्पीडनबाट जन्मिएको त्यो क्रान्तिको ज्वालाभाडा विथलडाँडामा विस्फोट हुँदैगयो ।

सात दिन सम्म चलेको ऐतिहासिक पेरिस कम्यून र अंग्रेजबीचको लडाईलाई ओझेलमा चलिरह्यो त्यो ऐतिहासिक लडाई। गोलीका पर्रा लगतार छुटी नै रहे राइफल र ढुङ्गा मुढाको लडाई निरन्तर चलिरह्यो ।

गोलीको कुनै प्रवाह नगरी ती वीर नारीहरु मुक्ति या मृत्यु बाहेक अरु केही देखेका थिएनन् । बदला भावको तिव्र आक्रोश पोख्दै अनि लड्दै जाँदा निशस्त्र महिला योद्धा प्याउकला बिक, पुना बिक, मनसरा बिक, विजा बिक, गोरीकला बिक र एक पुरुष राइले बिक घाइते हुनुभयो ।

ती महिला योद्धाहरु किलोसेरा टू दमनमा गिरफ्तार गरी सामुहिक बलत्कारद्वारा निर्मता पूर्वक हत्या गरिएको थियो । कर्णाली कै प्रथम महिला सहीद बन्नुभएका ती महिलाहरुका विद्रोहभाव पुरानो राज्यसत्ताप्रतिको तिव्र आक्रोशलाई उत्कर्षमा लिंदै लडाईलाई महिलामुक्तिको पक्षमा विजयी गराउन प्रतिरोध जारी रह्यो लडाई रोकिने हैन अझ भिषण हुदैगयो ।

दलित महिलाको त्यो महान प्रतिरोध र विद्रोहको आँधी अगाडि राइफलधारी प्रहरीको केही सिप लागेन । त्यो महान प्रतिरोधबाट अत्तालिएर आपुनो होस् हवास् गुमाउदै प्रहरी ज्यान जोगाउन भागा भाग गर्न पुगे । दुश्मन प्रतिको घृणा फेरी पनि जनतामा मेटीएन ।

आक्रोषित जनताले फेरी पनि ती हत्याराहरुलाई छोडेनन् । ढुङ्गा र मुढाद्वारा बाँदर लखेटे झै निरन्तर लखेटी रहे । लडाईबाट विजय हासिल गरिछाडे ।

निरन्तर क्रान्ति जनसमुदायको लागी निरन्तर उत्सव हो भन्ने मान्यतालाई प्रमाणित गर्दै ती बहादुर दलित महिलाले एक जना प्रहरीको कुम हँसियाले काँटिदिए ।

ती महिलाको निसस्त्र प्रतिरोधबाट लज्जास्पद पराजय भोग्दै ती निरिह प्रहरी भाग्दै कोटवाडाको चिउरी मेलामा पुगे । विथल डाँडामा भएको दिनभरको लडाईबाट छिमेकी गाविसहरु कोटवाडा कृुमालगाउँ रुप्साका आक्रोषित भएका जनता थप प्रतिरोधको लागी चिउरी मेलामा जम्मा भइसकेका थिए ।

साहसी महिलाको साहसिक प्रतिरोधबाट अत्तालिएका प्रहरी ज्यान जोगाउन ओडार भित्र लुक्न बाध्य भए । ओडारबाट आधा घण्टा तल कालीगडबाट गादामा ढुङ्गा बोकेर गोलीको पर्रा र जनताको ढुङ्गा मुढाको प्रतिरोध फेरी पनि जारी नै रहयो । हतियार बुझाएर आत्मसमर्पण गरे बाच्न दिने सर्तसहित ती महिलाहरुले प्रहरीलाई आत्मसमर्पण गर्न कासन गरे ।

जनताको तागतबाट अत्तालिएका प्रहरीहरु जव अलि सुरक्षित ठाउँमा पुगेको ठानेर त्यो कासनको बेवास्ता गरे । महिलासहित जम्मा भएका जनताले बाहिरपट्टी रहेको खरमा मोट्टीतेल छकेर ओडार भित्र आगो लगाए ।

अर्धमृत्त अवस्थामा पोलिएर ओफेन्स डिफेन्स मिलाएर प्रहरीहरु ओडारबाट निष्कदै थिए हवल्दार कर्णबहादुर थापाको हातको राइफल माल्कोटी वीर एवं साहसिक महिला धनसरा बिकले खोस्न सफल हुनुभयो ।

हवल्दार कर्णबहादुर थापा महिलाहरुको ढुङ्गा मुढाको प्रतिरोधले उनी त्यहीँ ढले । बाँकी आठ जना प्रहरी ढुङ्गा मुढाको प्रतिरोध र आगोमा जलेर अर्धमृत्त अवस्थामा ओडारबाट भागाभाग गरे भने दुई जना उपचारको क्रममा बाटो मै मृत्यु भयो ।

दोहोरा भिडन्तकै क्रममा कालिकोट जिल्लाकै प्रथम सहीद कोटवाडा वार्ड नंं ७ निवासी कालीबहादुर बिकले उच्च साहदत प्राप्त गर्नुभयो । नेपाली जनयुद्धकै एउटा प्रतिनिधि मुलक बनेको त्यो घटना नेपाली जनवादी क्रान्तिकै एक ऐतिहासिक घटना हो ।

यो चमत्कारी घटनालाई नेपालमात्र हैन विश्वभरीका मुक्तिकामी जनताले युगौँयुगसम्म सम्झीरहनेछन् ।

२०७४ मंसीर ७ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...