इमान्दार संवाददाता
६२२५ पटक
काठमाडौँ ।

भोलि (शुक्रबार) को नेपाल बन्द अाफ्नो पार्टीले नगरेको नेपाल कम्युनिस्ट पार्टीले स्पष्ट पारेको छ ।

नेकपाका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले अाफ्नो पार्टीले शुक्रबार नेपाल बन्दको अायोजना गरेको भन्दै संचारमाध्यम र मानव अधिकारवादी संस्थाहरुको चिन्ताप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

नेता पुनले पार्टी चुनाव खारेज अभियानमै रहेको तर मंसिर ८ गते शुक्रबारको नेपाल बन्द अाफ्नो पार्टीले नगरेको बताएका छन् ।

‘हाम्रो पार्टीको कथित संसदीय चुनाव खारेजी अभियान निरन्तर जारी रहेको कुरा सबैमा जगजाहेर नै छ तर मंसिर ८ गतेको नेपाल बन्द कार्यक्रम हाम्रो पार्टीको नभएको स्पष्ट पार्दछाैं’ पुनले भनेका छन् ।

यसैबीच बहिर्गमनमा परेका पूर्व जनमुक्ति सेनाले मंसिर ८ गते नेपाल बन्द आह्वान गरेका छन् । यद्धपि यसको औपचारिक घोषणा भने उनीहरुले गरेका छैनन् ।

तर सामाजिक सञ्जाल फेसबुमा उनिहरूले यसपटकको बन्द केहि फरक शैलीमा गर्न लागेकाे भन्दै पाेष्ट गरेका छन् ।

२०७४ मंसीर ७ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...