१७८ पटक
काठमाडौं ।

कति पटक भोट हाल्छौ चोली फेरिदैन
मुखियाको वेचि  खाने बोली फेरिदैन ।

लोकेश विश्वकर्मा

 

जो जस्तो आए पनि कानै चिरिएका
दुखी जनले सधै बोक्ने झोली फेरिदैन ।

माग्ने बेला बाबाआमा, दिदीदार्इ नाता
साधु भेषका लुटेराको टोली फेरिदैन ।

बिकाश, निकास समृद्धिका नारा जति पनि
वस्तिभित्र बाढी, भेल, खोली फेरिदैन ।

युवाहरु खाडी खान्छ, घरमा बुढाबुढी
सपनाको सगुन हाल्ने सोली फेरिदैन ।

मजदुर नाङ्गै, किसान भोकै हुनुपर्छ किन ?
गरिव जन रगतको, होली फेरिदैन ।

न यिनले न्याय दिन्छन, न त समानता
उहि खान्छ, उहीँ चढछ डोली फेरिदैन ।

जनतालाइ भेडा ठान्छ, आफू बाघ बन्छ
यस्तो सत्ता छाती न-खोली फेरिदैन ।

२०७४ मंसीर ६ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...