९६ पटक

– कृष्ण आचार्य

‘लौ बरवाद भयो’ मैले मनमनै भनेँ । उसले पुर्लुक्क हेरि, खिस्स हाँसी अनि मतिर हात बढाई । मैले पनि आफ्नो हात अघि बढाएँ । उसले समाई ।

‘सरी ल’ मेरो हात समाएर उठ्दै उसले भनि । मैले सरी भन्नै लागेको थिएँ । फेरि गल्ती पनि त उसको थिएन । ऊ किन सरी भन्दैछे ? आफैसँग प्रश्न गरेँ ।

‘हे डन्ट से सरी, आई एम हर्टली सरी फर दिस्’ मैले भने, ‘कतै चोट त लागेन नि ?’
‘डन्ट वरी, आई एम फाइन’ उसले भनी ‘एक्चुल्ली म गलत साइडमा थिएँ, यसमा तपाईंको कुनै गल्ती छैन ।’
मेरो बाइकले उसलाई हल्का ठक्कर दिएको थियो । उ निकै हतारमा भएकाले ठोक्किन पुगेकी थिई । तर, यसो भनेर म उम्किन मिल्दैनथ्यो । किनकि यहाँ म पनि केही केयरलेस पक्कै थिएँ । त्यस्तो बाटोमा ५० को स्पीड चलाउनु नपर्ने थियो ।
‘निकै हतारमा हो जस्तो छ नि?’ मैले प्रश्न गरेँ ।

‘हो नि ७ बजे बसमा सामान पुर्याइदिनुपर्ने, ६ः३० त यहीँ भइसक्यो’ उसले भनी ।
‘मे आई हेल्प यू ?’ ठेक्कर दिएको हिसाव चुक्ता गर्ने मौका गुमाउन चाहिन । उ बाइकमा बसी र भनी, ‘कलंकी ।’
०००

बस पर्खिरहेको थियो । उसले सामान दिई । मैले बाइकमै लिएर आएँ ।
‘मसँग कफी पिउन मन छैन ?’ घर नजिकै छाडेर जानै लाग्दा उसले भनी ।
‘अक्कोर्स, बट इस्ट्स बाई यू वर अदर्स ?’ मैले भनेँ ।

‘आफै बनाएर खुवाउछु नि’ उसले भनी । त्यसपछि मेरो बाइक उसको दुई तले घरको आँगनसम्म पुग्यो । म सिढी चढ्दै उसको कोठासम्म । कोठाभित्र पुगेपछि अड लागेजस्तो फिल भयो । भित्तैभरी रहेका कृष्ण भगवानका तस्बिर हेरेर मन बहलाउने प्रयास गरेँ । उ मलाई एकछिन ल भनेर बाहिर निस्की । १० मिनेटसम्म आएकी होइन । कोही आएर सोध्यो भने के भन्ने होला भन्ने प्रश्न मनमा खेलिरह्यो । तर, ऊ आफै आइपुगी ।

लेखक- कृष्ण आचार्य

‘म कफी लिएर आइहालेँ ल’आउन नपाउँदै फेरि फुत्किहाली । मोरी कफी बनाउन गउकी होली भनेको त नुहाउन पो गएकी रहिछ । भिजेको फुक्का कपाल देखेर मलाई अनुमान लगाउन गाह्रो परेन । शरीरमा टपक्क टाँसिएका कपडा पनि त भिजेका थिए । भेट भएदेखि पहिलोपटक मैले उसलाई मज्जैसँग नियालेँ । हो, तलदेखि माथिसम्म ।

मलाई सबैभन्दा उसको ओठ मनपर्यो । निकै रसिलो थियो,रसबरी जस्तै ।
‘कफी फर यू’ म झसंग भएँ । उसका रसबरीजस्ता ओठको कल्पनामा कता हराएको रहेछु । धत्, यो मन पनि कति बेयमानी हुन सकेको, मनमनै भनेँ । हत्तपत्त उसको दिएको कफी समाएँ । लाग्यो पिउनुअघि उसको नाम त थाहा पाउनुपर्यो । सोधेँ, ‘नाम नभन्ने ?’
‘आकृति’ दाहिने हात मतिर बढाउँदै उसले भनी । ‘कृष्ण’ उसको हातमा हात मिलाउँदै मैले भनेँ ।

‘एक्लै ?’ कफीको पहिलो चुस्की सँगै मेरो प्रश्न चुहियो ।
‘सबैजना दार्जिलिङ घुम्न जानुभएको छ’ आकृतिको जवाफ आयो ।
‘तिमी नगएको?’ पहिलोपटक तिमीमार्mत उसलाई सम्बोधन गरेँ ।

‘मलाई आजभोलि घुम्न मन पर्दैन’ उसले सानो स्वरमा भनी । आजभोलि किन ? भनेर सोध्न मन थियो । तर, आवश्यक ठानिन ।
कफीको चुस्कीसँगै मेरो नजर उतिर थियो । केही क्षणको मौनतापछि उसले दुई औँला चुट्की पार्दै भनी, ‘के हेरेको ?’ मोरीले चाल पाइछे क्यारे । म अतालिएँ ।

‘कफी र तिमीलाई कम्पेयर गरेको’ के र किन भने म आफैलाई थाहा छैन ।
‘अनि के कस्ता समानता र भिन्नता पयौँ त ?’ आपतै पार्नेगरी प्रश्न गरी ।

‘मीठास कमन जस्तै छ तर, तिमी कफीको ठाउँमा नभएकाले यसै भन्न सक्दिनँ’ शब्दसँग खेल्न मलाई पनि मज्जैसँग आउथ्यो ।
‘भएँ भनेनि ?’ ऊ झन् कडा निक्ली । के भन्ने भन्ने भयो ।

‘मैले कम्पेयर गर्न सक्नेँ थिएँ’ जे मुखमा आयो त्यही भनिदिएँ । मेरो कुरा सुनेर ऊ हल्का लजाएजस्तो गरी । त्यसपछि मुस्कुराई । मलाई उसका नसालु आँखाले केही कुराको संकेत गरेजस्तो लाग्यो । म पछि हट्न चाहिन र भनिदिएँ, ‘सायद त्यसको अनुमति कुनै राजकुमारले मात्र पाउँछ होला ।’

‘तिमी पनि कुनै राजकुमारभन्दा कम छैनौँ’ उसले भनी ।
‘व रियल्ली’ मैले उसको हात चुम्दै भनेँ, ‘थ्यांक्स फर स्वीट कफी ।’
उसले मेरो गाला चुमिदिई र भनी, ‘कफीको लागि हात भने लिस्टका लागि…’

म अक्क न बक्क परेँ । एकछिनपछि उसको ओठ चुमिदिएँ । उसले कुनै प्रतिक्रिया जनाइन । दुवै आँखा बन्द गरी । एबछिनपछि विस्तारै उसको कानमा भनेँ, ‘आई कान्ट कम्पेयर दिस विथ कफी । विकज इस्ट्स मोर स्वीट द्यान कफी ।’ ऊ फिस्स हाँसी ।
०००

आकृतिले मलाई चपक्क कसेर आफ्नो अंगालोमा बेरेकी थिई । जहाँ मैले उसको सामिप्यता र निकटता महसुस गरेको थिएँ । चुम्बनबाट सुरु भएको हाम्रो निकटता धरै अघिसम्म पुग्यो । यो प्रेम थियो या आकर्षण मलाई थाहा छैन । प्रेम थियो भने भेटेको पहिलो दिनमै एक–अर्कालाई नबुझी कस्तो प्रेम ? आकर्षण थियो भने हामीमा एकअर्काप्रति कुनै उन्माद थिएन । सायद यो हाम्रो जवानीको भेल हुनुपर्छ । जुन अनियन्त्रित हुन्छ ।

मैले उसको हात हटाएर उठ्ने प्रयास गरेँ । उसका आँखाबाट आँसुको धारा बग्न थाले । ‘प्लिज’ नरोउ न’ मैले सम्झाउने प्रयास गरेँ ।
‘मैले आज सबैको विश्वास तोडेँ । मबाट ठूलो गल्तीभयो’ ऊ झन् जोडले रुन थाली ।

हो हामीले गल्ती नै गरेका थियौँ, किनकि हाम्रो समाज र संस्कृति पश्चिमा थिएन । हामीले गल्ती गरेका पनि थिएनौँ, किनकि हामीभित्र रहेको मीठास एकअर्कालाई साटेका थियौँ । उन्माद पोखिएको थियो ।
तरपनि, उसको आँसुले कताकता मलाई पोलिरहेको थियो ।

उसको फोन नम्बर लिएर म त्यहाँबाट निस्किएँ । उसले निन्याउरो मुख बनाएर मलाई हेरिरहेकी थिई । मैले विदाईको हात हल्लाएँ । त्यसपछि पछाडि फर्किएर फेरि हेरिन । किनकि आँसुको कुनै सीमा हुँदैन भन्ने मलाई थाहा थियो ।
घरमा आएर पल्टिएँ । झलझली प्रकृतिकै ‘इनोसेन्ट’ प्रतिबिम्ब आँखअघि आइरह्यो । मोबाइल निकालेर फोन गरेँ । अनि उसलाई डिनरका लागि प्रस्ताव राखेँ । उसले सहजै स्वीकारी ।

हाम्रो भेट नयाँ बानेश्वरको इन्द्रेणी फास्ट फूडमा भयो । उसले मसँग आँखा जुधाउन सकिन । न मैले नै सकेँ । म उसलाई सप्राइज दिनेवाला थिएँ । यस्तो सप्राइज जसको उसले कल्पनासमेत गरेकी थिइन ।

‘आई लभ यू प्रकृति’ मैले गुलावको फूल दिँदै उसलाई प्रेम प्रस्ताव राखेँ । कुनै गल्तीलाई परिवर्तन गर्न त सकिदैन । तर, त्यसलाई सच्याउन भने पक्कै सकिन्छ । र, म त्यसका लागि अघि सरेँ ।
उसले फूल लिन हात अघि बढाइन । मेरो प्रयास जारी रह्यो ।

‘सरी कृष्ण, आइ एम म्यारीड’ उसको कुराले म छाँगाबाट खसेजस्तै भएँ । एकछिन त विश्वास नै लागेन । र, भने, ‘ह्वाट ?’
‘यास’ उसले भनी ।

हातबाट गुलावको फूल भूइँमा खस्यो । बिहे गरेकी थिई भने त्यतिबेला मलाई किन रोकिन उसले, मेरो मनमा विभिन्न प्रश्नहरु खेल्न थाले । मलाई उदेखि घृणा जाग्न थाल्यो । मनसपटलमा सलबलाएका कुराहरु अतिरंजित भएर भुनभुनाउ थाले । र, म त्यहाँबाट जुरुक्क उठेँर हिँडे । उ केही बोलिन ।
०००

मलाई उप्रति आपत्ति छ या मैप्रति थाहा छैन । दोष न उसको देख्छु न मेरो । तर, मनमा खेलेको प्रश्न एउटै छ, बिहे गरेकी थिई भने किन मसँग शारीरिक सम्बन्ध राख्न तयार भई ? यही प्रश्नले मलाई पिरोलिरहेको थियो ।

उसले बारम्बार फोन गरिरहेकी थिई । म फोन रिसिभ गर्ने पक्षमा थिइन । ‘लास्ट टाइम आइ वान्ट टु टाल्क विथ यू’ उसले एसएमएस पठाइ । त्यसपछि भने मैले फोन रिसिभ गरेँ । त्यो पनि आफू केही नबोल्ने र उसको भनेको मात्र सुन्ने मनसायका साथ ।

उ बोल्न थाली, ‘हजुरले सबै कुरा नबुझी यस्तो व्यवहार नगर्नु पर्ने हो । मेरो साह्रै चित्त दुखेको छ । वास्तवमा म विवाहित भने पक्कै हुँ तर, मैले सुहागरात समेत मनाउन पाइन ।’ ऊ रोकिई । सुक्क सुक्क गर्न थाली ।

दवेको आवाजमा थप्दै गई, ‘बिहे गरेकै दिन जन्तीमलाई लिएर आउँदै गर्दा दुर्घटना भयो र उहाँको मृत्यु भयो । अहिले म माइतमा बस्दै आएकी छु । दुई वर्षसम्म मैले पीडालाई मनमै दबाएर राखेँ । तर, हजुरसँग एक्कासी भेट हुँदा के भयो आफैलाई थाहा छैन । सरी फर द्याट ।’

(कृष्ण आचार्यले समावेसी मासिकमा लेखेको कथा साभार)

२०७४ मंसीर १ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...