लोकेश बिश्वकर्मा
२०३ पटक

दस बर्षलाइ दिल्लीमा बेचर खाइन भनेर
सपना सल्काएर एकै ओछ्यान लाइन भनेर
आवेग उत्तेजना र बेहोसी बनेर जे सुकै भन
तिम्रो कानुनको आतंककारी मन्जुर छ मलाई ।

तिम्रा टावर टल्काउन मार्वल बोकिदैन हेर
धम्की र ध्वासले मुक्ति यात्रा रोकिदैन हेर
कानुनको कथा सुनाउ या अदालतको आगन देखाउ
तिम्रो लुटको हिसाब खोज्ने आतंककारी बन्नु छ मलाई ।

लोकेश विश्वकर्मा

शिविरको सपत्तीले सन्तान पाल्नुहुन्न भन्दा
रातो रगतलाइ रछ्यानमा फाल्नुहुन भन्दा
तिमी सिङौरी खेल्छौ भने मैदान खाली छ
साढेको सिंङ भाच्ने आतंककारी हुनु छ मलाई  ।

सहिद बेचेउ, बेपत्ता बन्दकी, उस्तै छ घाइते घाउ
दलाली, दुनिया खरिद बिक्री गरी बन्दैछौ बडा साहु
चुपचाप नसोची निदाउन कसरी सक्छु म किनकी
बेचिएको बलिदान फिर्ता गर्ने आतंककारी बन्नुछ मलाई  ।

हजारौं मारिनुको अर्थ भुलेपछि
बालकृष्ण बुझाएर अन्त डुलेपछि
योद्धा आतंककारी र दलाल दिलका हुन्छ्न
तर याद गर,म आतंककारी हुनु पुर्व
तिमी जेल गएको हुनुपर्छ अपराधी बनेर
अनि म आफै गर्नेछु दलाल सत्ताको खिलापमा
भयानक आतंककारी भएको घोषणा ।
हामी आतंककारी ,तिमी अपराधी ।

२०७४ कात्तिक २९ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...