गोकुल दहाल
१५५ पटक

देश अलाप बिलापमा छ , त्याहा चिन्तित हुन्छु ।
देश लुट्ने र मास्नेहरुको जमात चुलिदो छ !
शक्ति , धन , धाक र सत्ताको भरमा मात्तिएकाहरु
दिन डाहाडै पैसाको तुजुक देखाउदै गाउँ पसेका छन ।
झुटको संसार रचना गरेर जनतालाइ पुनः भ्रमित पार्दै छन ।
देश र जनता ठगिदै-लुटिदै र बर्बाद भएको कसरी हेरि बसु ??

म हेरिरहेको छु सचेतता पुर्वक , के हुँदै छ देशमा ??
सत्य कुरा जनताले था नपाओस भनेर छेकबार हालेको ,
निहत्था मानिसहरु बिचार कै आधारमा हिरासतमा राखिएको ,
झेल र षड्यन्त्रलाइ अस्विकार गर्छु भन्दा स्वतन्त्रा खोसिएको ,
हिड्ने , डुल्ने र बोल्ने स्वतन्त्रता माथी बन्देज गरिएको ।
संसदबादिहरुको लोकतन्त्रको वास्तबिकता देशले भोग्दै छ ।

संसार बदल्छु भन्नेहरु आफै बदलिएर बौलाएको देख्छु ।
सत्य , निष्ठा र नैतिकता नै लिलाम गर्दै महलमा ढलेकाहरु ,
आतयाती जत्था भए रे ! सत्य र न्यायको पक्षमा लाग्नेहरु ,
सत्य र पराजय लुकाउन , चाटुककार बनेर रङ्गी बिरङ्गी कराउदै,
सत्रहजार मानिसको रगतको अन्तिम मूल्य लुट्न कस्सिएको ,

गोकुल दाहाल

अब धोका र गद्दारी युगकै अन्त्य जरुरी छ , प्रबृत्तीको समाप्ति युद्ध थाल्नु छ ।

नेपाल प्रहरी , नेपाली सेनाहरु देश लुटिदा हेरि बस्नु हुन्न !
दमन गर्ने आदेशलाई बुटले कुल्चदै सोच्ने बेला यहि हो ,
आफ्नै देश-जनताको अनि आफ्नै भबिष्य खोज्ने बेला आयो ,
आपसी युद्ध हैन एकताबद्ध भै ! दलालहरु बिरुद्ध लड्ने समय हो यो ।
ज्यालाको भरमा जनता दबाउने युगको अन्त्य गर्दै निर्मम भएर
देश-जनता बचाउन विवेकको राइफल समाउने दिन आयो !!

दलाल शासकहरुले जनताको स्वतन्त्रता खोसि साढे भए पछि ,
दलालहरुको स्वइच्छाचारिता माथी हमला गर्ने समय आयो ।
लौ उठ ! किसान-मजदुर ! सेना-पुलिस अनि राष्ट्रबादिहरु सब
दलाल डाकाहरुको चङ्गुलबाट देश मुक्त गर्नु पर्ने दिन आयो ।

२०७४ कात्तिक २७ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...