इमान्दार संवाददाता
८१ पटक
काठमाडौं ।

पूर्वराष्ट्रपति रामबरण यादव आफ्नो निजी घर भाडामा दिएर सरकारी सुविधाको घरमा बस्दै आएका छन् । सरकारले उपलब्ध गराएको घरको भाडाको किचलो पटक पटक हुँदै आएको छ ।

घरभाडा नतिरेको भन्दै घरभेटीले १५ दिने सार्वजनिक सूचना प्रकाशित नै गरेर घर खाली गर्न भनेका छन् । यादवले सरकारसँग भाडा मागिरहेको बेला भारतबाट एक नेपालीले घरभाडा स्वरुप एक हजार भारतीय रुपैयाँ पठाएका छन् ।

युनाइटेड मधेशी, नयाँ दिल्लीका पूर्व महासचिव उमेश कुमार साहले भारतीय स्टेट बैंकको एक हजारको चेक यादवको खातामा जम्मा हुने गरी काटेका छन् । नोभेम्बर ११ अर्थात अाजैको मितिमा काटिएको चेक सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

सरकारले पहिलो राष्ट्रपतिलाई घर भाडाको विवादबाट बदनाम गर्न खोजेकाले आफूले सांकेतिक सहयोग गरेको बताए । साहले मधेशी, थारु, जनजातिलाई पनि घर भाडा उठाएर सहयोग गर्न आह्वान गरेका छन् ।

२०७४ कात्तिक २४ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...