इमान्दार संवाददाता
४२ पटक

काठमाडौं । हरेक देशको राजाधानी सबै हिसाबले निक्कै संबेदनशील मानिन्छ । राजधानीमा घट्ने घटनाले सिङ्गो देशका अवस्थालाई दर्साउने गर्दछ । बिकासको गफ हाक्ने सरकारी अधिकारीहरुको लापरबाहीले राजधानीमै एउटा आकाशे पुल भत्किएको छ ।

भारतको आर्थिक राजधानी मुम्बईमा एउटा आकाशे पुल भत्किंदा ४ जनाको ज्यान गएको छ भने लगभग ३ दर्जन मानिस घाइते भएका छन् । मुम्बईको अति व्यस्त मानिने छत्रपति शिवाजी टर्मिनलको रेलवे स्टेसन नजिकै रहेको आकाशे पुल रेल यात्रीहरूले हिंड्न प्रयोग गर्ने गर्दथे ।

यो पुल बिहिबार साँझ भत्किएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । यस्तै उता न्युजिल्यान्डको क्राइस्ट चर्चस्थित दुई मस्जिदमा गोलाबारी भएको छ ।

क्राइस्टचर्च शहरस्थित दुईवटा मस्जिदमा बन्दुकधारीले गोलीबारी गर्दा कम्तिमा नौ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन्। यद्यपि उक्त घटनामा कति जनाको हताहती भयो भन्ने बारी प्रशासनले पुष्टी गरेको छैन ।

बन्दुकधारी अझै पनि सक्रिय रहेको आशंका गर्दै स्थानीय प्रशासनले मानिसहरूलाई सूचना जारी गरे बाहिर ननिस्कन आग्रह गरेको छ भने यता जतिबेला गोलीबारीको घटना भयो त्यस समय बंग्लादेशी क्रिकेट टिम सोही स्थानमा रहेको खुलासा भएको छ । मस्जिदमा गोलीबारी हुने जानकारी पाएलगत्तै उनीहरू अन्य व्इक्तिहरूसँगै मस्जिदबाट सकुसल बाहिर निस्कन सफल भएका छन् । उनीहरू नजिकैको पार्कबाट ओवल मैदान तर्फ लागेका छन् ।

उक्त घटनालाई लिएर बंग्लादेशका क्रिकेट टिमका एक खेलाडीले मोहम्मद इस्लामले ट्विट गरेका छन् । उनले टिप्पणीमा लेखेका छन् ‘बंग्लादेशको क्रिकेट टिम हेगले पार्कनजिकैको एउटा मस्जिदबाट बाहिर निस्केका छन् । जहाँ बन्दुकधारी संक्रिय थिए । उनीहरू हेगले पार्कबाट ओवलतर्फ लागेका छन्।’

यसैबीच क्राइस्टचर्चको अर्को मस्जिदमा पनि गोलीबारीको भएको छ । एक प्रत्यक्षदर्शी लेने पेनेहाका अनुसार काला बस्त्रधारी अल नुर मस्जिदमा प्रवेश गर्दै गर्को देखिएलगत्तै दर्जनौँ राउन्ड गोलीको आवाज सुनिएको छ। डराउँदै केही मानिसहरू मस्जिदबाट बाहिर भाग्दै गरेको देखिएको पनि उनले बताइन् ।

उनले प्रहरी आउनु पूर्व बन्दुधकारी मुख्य सडकतर्फ भागेको बताइन् । जब उनी मद्दतका लागि मस्जिदमा प्रवेश गरिन उनले जतातातै शवमात्रै देखेको समाचार संस्था एपीलाई बताइन् । न्युजिल्यान्ड प्रहरीले अहिले पनि बन्दुकधारी सक्रिय रहेकाले सचेत रहन आग्रह गरिको छ ।

२०७५ चैत १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड