इमान्दार संवाददाता
३०७ पटक

काठमाडौं । विद्रोही नेकपाले अओजना गरेको बिहीबारको नेपाल बन्दको दिन दिउसोको समयमा केहि अनलाइनहरुले एउटा समाचार प्रकाशन गरे । समाचारको शीर्षक थियो – ‘कैलालीमा विप्लवका कार्यकर्ताले जन्ती बस लगाए !’

केहिबेरमै उक्त् समाचार भाइरल बन्यो । सामाजिक सञ्जालमा केहि मान्छेहरुले नेकपा कार्यकर्ताहरुको आलोचना पनि गरे । बन्दको दिन एम्बुलेन्स, दमकल, पानी, दुग्ध पदार्थलगायत अत्यावश्यक सवारीसाधनलाई भने नेकपाले निर्बाध रूपमा चलाउन दिइरहेको थियो ।

१ हप्ताअघि नै नेपाल बन्दको सूचना विज्ञप्तिमार्फत सार्वजनिक गरेको नेकपाले बिहिबार देश ठप्प पार्दा अबज्ञा गरेर सवारीसाधन चलाउनेमाथि भने धेरै ठाउँमा कारवाही गरेको जनाएको छ ।

कैलालीमा जन्ती बस जलेको समाचार आएपछि हामीले नेपाल कम्युनिस्ट पार्टी कैलालीसँग सम्पर्क गर्ने प्रयास गर्यौं । सोहि क्रममा नेकपा कैलालीले जन्ती बोकेको बस आफ्नो पार्टीले नजलाएको स्पष्ट पारेको छ । तर ३ दिनअघि नै विवाहको जन्तीमा अप्रयोग भएको र बिहिबार नियमित नम्बर लिएर बन्द अबज्ञा गर्दै गइरहेको बसलाई भने कारबाही गरिएको जानकारी नेकपा कैलालीका इन्चार्ज विवेक कुमालले दिएका छन् ।

उनले भने, ‘हामीले सबै जाँच गर्दा नम्बर लिएर चलेको पाइएपछि कारबाही गरिएको हो । जन्ती बस होइन । बरु दुई दिनअघि नै जन्ती छोडेर आएको भन्ने देखिएको छ ।’ उनले पार्टीलाई बदनाम गराउने उदेश्यले बाहिर गरिएको हल्ला गलत भएको प्रष्ट पारेका छन् ।

यस्तो हल्ला र भ्रामक समाचारले नझुक्किन पनि उनले सबैमा आग्रह गरेका छन् भने सत्यतथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न आम मिडियाकर्मीहरुलाई उनले अनुरोध पनि गरेका छन् ।

बिहिबार बन्द अबज्ञा गरेर सन्चालन गरिएका दर्जनौं गाडीहरुमाथि नेकपाले कारवाही गरेको बुझिएको छ । नेकपाले आह्वान गरेको बिहीबारको नेपाल बन्दका क्रममा बन्दको अवज्ञा गरेको भन्दै कैलालीकै बडैपुरमा एक यात्रुवाहक बसमाथि आगो लगाइएको थियो । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसबाट यात्रुहरु बाहिर निकालेर आगो लगाइएको प्रत्यक्षदर्शीले बताएका थिए ।

राज्य आतंकको बिरुद्ध बिहिबार १ दिनका लागि गरिएको नेपाल बन्द भब्यरुपमा सफल भएको नेकपाले निष्कर्ष निकालेको छ । बिहिबार साँझ नेकपा महासचिव विप्लवले ओली सरकारको ज्यादतीबिरुद्ध आव्हान गरिएको बन्दमा साथ दिने सबै पक्षलाई धन्यवाद दिएका छन् ।

२०७५ चैत १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड