इमान्दार संवाददाता
३७ पटक

काठमाडौँ । पाकिस्तानी किक्रेट बोर्ड पीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीलाई भारतीय खेलाडीहरूले मैदानमा सैन्य टोपी लगाएकोमा असन्तुष्टि जनाउँदै कारबाहीका लागि आवश्यक कदमहरु चाल्न आग्रह छ। भारतले शुक्रवार राँचीमा भएको अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा सैन्य टोपी लगाएको थियो।

गत महिना भारतको कश्मीर प्रान्तमा भएको आत्मघाती हमलामा ज्यान गुमाएका ४० सैनिकहरुको सम्मानमा त्यसो गरिएको भारतीय क्रिकेट बोर्ड बीसीसीआईले बताएको छ।

आइसीसीको अनुमति
बीसीसीआईले खेलअघि सैन्य टोपी प्रयोगका लागि आइसीसीसँग अनुमति मागेको थियो।परोपकारी उद्देश्यको खेल भएकोले अनुमति दिएको आईसीसीका प्रवक्ताले बताएका छन्। भारतीय खेलाडीहरूले उक्त खेलको पारिश्रमिक मारिएका सेनाका परिवारलाई सहयोग गरेका थिए।

पलुवामा आत्मघाती हमला भएपछि बीसीसीआईले क्रिकेटको अन्तर्राष्ट्रिय नियामक निकाय आइसीसीलाई ुआतङ्कवादलाई प्रश्रय दिने मुलुकहरूसँग सम्बन्ध तोड्नुपर्नेु बताएको थियो। सो हमलाका लागि भारतले पाकिस्तान जिम्मेवार भएको दाबी गरिरहेको छ।

क्रिकेटमा राजनीति
पीसीबीका अध्यक्ष इसान मणीले ‘क्रिकेटमा राजनीति छिराउने प्रयास’ भएकोले विरोध गरिएको बताएका छन्। उनले राजनीतिक अभिव्यक्तिका कारण आइसीसीले अनुशासनको कारवाही भएका दुईवटा पछिल्ला घटना स्मरण समेत गराएका थिए। हामीले कडा रुपबाट आफ्नो कुरा आइसीसीलाई अवगत गराएका छौँ। यसको उद्देश्य र पाकिस्तानको अडानबारे हामीलाई कुनै द्वविधा छैन’, उनले भने। क्रिकेट जगतमा भारतको विश्वसनीयता नराम्रोसँग खस्किएको छ।

धोनी बिना कप्तान कोहली असहज हुन्छन्
भारतका पूर्व कप्तान बिशन सिंह बेदीले सोमबार महेन्द्र सिंह धोनी भारतिय टिमको ‘आधा कप्तान’ भएको बताएका छन्। उनले धोनीको अनुपस्थितिमा वर्तमान भारतीय क्रिकेट कप्तान विराट कोहली अस्ट्रेलिया विरूद्ध चौथो म्याचमा असहज देखिएको पनि बताए।

धोनीले अन्तिम २ म्याचबाट आराम लिएका छन्। पाँच म्याचको श्रृखंला २-२ को बराबरीमा सकिएको अवस्था छ। बुधबार हुने निर्णायक म्याचले विजेताको टुङ्गो लगाउनेछ।’म टिप्पणी गर्नलाई को नै हुँ र? तर हामी धोनीलाई विश्राम दिइएकोमा हैरान थियौं। म्याचमा बलिङ तथा फिल्डिङमा उनको अनुपस्थिति खड्किरहेको थियो। उनी एकप्रकारले आधा कप्तान हुन्’, उनले भने।

‘धोनी अब युवा त हुनेछैनन् र पहिलेजस्तो फूर्तिला पनि छैनन् तर टिमलाई उनको आवश्यक्ता छ। उनको उपस्थितिमा टिमले संयम भएर खेल्छ। कप्तानलाई पनि आवश्यक्ता महशुस हुन्छ र उनीबिना असहज देखिने गरेका छन्। यो राम्रो संकेत होइन’, बिशनले भने, ‘म व्यक्तिगतरूपमा भारतीय टोलीलाई वर्तमानमा बाँच्ने सुझाव दिन्छु। विश्वकपका लागि साढे दुई महिनाको समय छ। केबल आफ्नो खेल खेलौं। विश्वकपका लागि पछिल्लो डेढवर्षदेखि हामी प्रयोगमात्र गरिरहेका छौं र म यसबाट खुशी छैन्’।

उनले भारतीय टिमले विश्वकप अघि एक दिवसिय क्रिकेटमा प्रयोग गर्न नहुने बताए। उनका अनुसार यसले टिममा गम्भिर समस्या श्रृजना गर्न सक्छ। ‘उनीहरूमध्ये कोई पनि आइपिएलमा घाइते हुन्सक्छन्। यस्तोमा आफ्नो क्लबका लागि खेल्दै गर्दा उनीहरूले आफ्नो शतप्रतिशत नदिन सक्छन्’, उनको चिन्ता छ।

यसैबीच इङ्गल्यान्डका अलराउन्डर मोइन अलीले सन् २०१४मा भारतविरुद्धको टेस्ट खेलमा सेभ गाजा र फ्रि प्यालेस्टाइन प्रिन्ट गरिएको रबर हातमा बाँधेका थिए।

सन् २०१७ मा दक्षिण अफ्रिकाका इमरान तहिरले श्रीलङ्काविरुद्ध विकेट लिएपछि धार्मिक गुरु जुनैद जम्सेदको टीसर्ट देखाएका थिए।ती दुबैमाथि आइसीसीले अनुशासनको कारबाही गरेको थियो।

मणीले भने, ‘विगतका यी दुई नजिरहरू अहिलेको अवस्थासँग मिल्दाजुल्दा छन् र हामीले भारतविरुद्ध समेत त्यस्तै कारवाही होस् भन्ने चाहेका छौँ।’ उनीहरूले लिएको अनुमति एउटा उद्देश्यको लागि थियो तर काम अर्कै थियो।

२०७५ फागुन २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड