इमान्दार संवाददाता
२९ पटक

काठमाडौँ । पाँच म्याचको एक दिवसिय क्रिकेट श्रृखंला खेलिरहेको भारतले चौथो म्याचमा ३५८ रनको विशाल स्कोरका बाबजुत नतिजा पाहुना टोली अस्ट्रेलियालाई सुम्पेको छ।

९ विकेटमा भारतले बनाएको सो स्कोरलाई अस्ट्रेलियाले ६ विकेटको क्षतिमा ४७.५ ओभरमा हासिल गर्‍यो। लगातार दुई खेल जितेको भारतलाई लगातार दुई खेल हराएर अस्ट्रेलियाले सिरिजमा २-२ को बराबरी गर्न सफल भएको छ।

२-२ को बराबरीले पाँचौ म्याचलाई रोचक बनाउएको छ।

पहिले ब्याटिङ गरेको भारतका लागि रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि १९३ रनको साझेदारी गरे। धवनले यसक्रममा ११५ बल खेल्दै १४३ रन बनाए भने रोहित आफ्नो २३ औं शतक बनाउन केवल ५ रनले चुके। उनले ९२ बलको सामाना गर्दै भारतका लागि ९५ रन जोडेका थिए।

यसैगरी जवाफी ब्याटिङमा आएको अस्ट्रेलियाका लागि उस्मान ख्वाजा र पिटर ह्याण्डस्कम्ब उत्कृष्ट रन जोडेका थिए। उस्मानले ९९ बलमा ९१ रन बनाए भने ह्याण्डस्कम्बले १०५ बलमा ११७ रन जोडे। हिजोको म्याचमा टर्नरले म्याचको ४३ बलमा नटआउट ८४ रन जोडेर भारतलाई निराश बनाउने काम गरे।

हिजोको खेलमा भारतिय बलरहरूले राम्रो सुरूवात गरेपनि त्यसलाई कायम राख्न सकेनन्। भारतले अस्ट्रेलियाका कप्तान आरोन फिन्चलाई शून्यमा र शान मारसलाई केवल ६ रनमा पेभेलियन फर्काएका थिए। युजबेन्द्र चहलले १० ओभरमा ८० रन दिदैं एक विकेटमात्र लिन सके भने जसप्रीत बुमराहको ६३ रनमा ३ विकेटले पनि भारतको भाग्य बदल्न सकेन भने ६७ रनमा एक विकेट लिएका भुवनेश्वर पनि महँगा नै सावित भए।

त्यसपछि ब्याटिङ गर्न आएका ख्वाजा र ह्याण्डस्कम्ब अस्ट्रेलियालाई सम्हाले र टर्नरको ४३ बलमा नटआउट ८४ रनले अस्ट्रेलियाले म्याच जित्यो।दुबै टोलीले निर्णायक म्याच बुधबार दिल्लीमा खेल्नेछन्।

यसैबीच फगानिस्तान तथा आयरल्याण्डबीच भारतमा भएको चौथो एक दिवसिय क्रिकेटमा आरल्याण्ड १०९ रनले पराजीत भएको छ।पाँच म्याचको सिरिजमा हिजोको जीतसँगै अफगानिस्तान २-१ ले अगाडी बढेको छ। अफगानिस्तानको जीतमा म्यान अफ द म्याच राशिद खानको उत्कृष्ट प्रदर्शन कारक रह्यो।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले २२३ रनको स्कोर बनाएको थियो। राम्रो स्कोर बनाएको अफगानिस्तानले त्यसपछि ब्याटिङका लागि मैदानमा उत्रेको आयरल्याण्डलाई ३५.३ ओभरमा अलआउट गर्दै ११४ रन मात्र बनाउन दियो।

आयरल्याण्डका लागि केविन ब्रायनले २६ रन, कप्तान विलियम पोर्टरफिल्डले २१ तथा सिमी सिंहले २० रन बनाए भने अन्य चार व्याटसम्यानले दोहोरो रन स्कोर गर्न सकेनन्।

आयरल्याण्डका खेलाडीलाई खुल्न नदिने क्रममा आफगानिस्तानका लागि दायाँ हातका तीव्र बलर आफताबले सर्वाधिक ४ विकेट लिए। यस्तै स्पिनर मुजीब उर रहमान तथा राशिद खानले समान २-२ विकेट झारेका थिए भने गुलबदिन नैब र मोहम्मद नबीले पनि १-१ विकेट लिए।

पहिले ब्याटिङ् गरेको अफगानिस्तानका लागि राशिद खानले ५२ रन जोड्दा मोहम्मद नबीले सर्वाधिक ६४ रन जोडे भने कप्तान असगर अफगानले ५४ रन बनाए। आयरल्याण्डका लागि जेम्स केमरोनले ३ र ब्रायड रैंकिन र ऐण्डी म्याकब्रायनले समान २-२ विकेट लिए भने जर्ज डकरैल र टिम मुर्तगले १-१ विकेट लिएका थिए।

२०७५ फागुन २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड