इमान्दार संवाददाता
३२ पटक

काठमाडौं । नेपाल र मलेसियाबीच तय भएको मैत्रीपूर्ण खेल स्थगित भएको छ ।फिफाले मलेसियालाई मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि तय भएको खेल स्थगित गर्नु परेको मलेसिया फुटबल एसोसियसनले जानकारी दिएको छ ।कोटा भन्दा बढी मैत्रीपूर्ण खेल हुने भएकाले मलेसियालाई फिफाले अनुमति नदिएको हो ।

मलेसियासँगको खेल स्थगित भएपनि कुवेतसँग आगामी मार्च २१ लाई तय भएको खेल भने नेपालले खेल्नेछ । नेपालले कुवेतसँग उसकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ ।साथै स्थगित भएको मलेसियासँगको खेलको नयाँ मितिसमेत चाँडै घोषणा गरिने मलेसिया फुटबल एसोसियसनले जानकारी दिएको छ ।

विराटनगर । पाँचौं महिला साफ फुटबल च्याम्पियनसीप फागुन २८ गतेदेखि चैत ८ गतेसम्म विराटनगरमा आयोजना हुँदैछ । नेपाली महिला फुटबल टोली टोली घरेलु मैदानमा हुने प्रतियोगिताबाट उपाधिविहीन यात्रामा पूर्णविराम लगाउन चाहन्छ ।

लगातार पाँचौंपटक साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता खेलिरहँदा नेपाल सधै‌ं बलियो दावेदारका रुपमा रहे पनि उपाधि जित्न सकेको छैन । नेपालका लागि सधै‌ं तगारो बन्दै आएको छ भारत । यसपालि भने भारतविरुद्ध नेपाली टिम उच्च मनोबलका साथ भिड्नेछ ।

यस्तै अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालको इतिहास तीन दशक लामो भए पनि निरन्तर व्यवसायिक फुटबल खेलिरहेको सन् २०१० देखि मात्र हो । सन् २०१० यता साफमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली महिला टोलीलाइ इतिहास रच्नबाट भारतीय टोलीले नै रोकिरहेको छ ।

घरेलु मैदानमा आयोजना हुने पाचौं साफ महिला फुटबल च्याम्पियनसीपमा दक्षिण एसियाको पावरहाउस भारतलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्य रहेको नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्का बताउँछन् ।

‘पछिल्ला दुई म्याचबाट भारतलाई हेर्ने मानसिकता परिवर्तन गरेका छौ,’ खड्का भन्छन्, ‘घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य छ ।’

सन् २०१०, २०१२, २०१४ र २०१६ को विजेता भारतले सन् तीनवटा फाइनलमा नेपाललाई पराजित गरेको थियो भने सन् २०१६ मा सेमिफाइनलमै पराजित गरेको थियो । तर, भारतसँगको पछिल्लो प्रतिस्पर्धामा नेपालले ऐतिहासिक जित निकालेको थियो । यसबाट नेपाली खेलाडीको मनोबल बढेको हो ।

प्रशिक्षक खड्का भन्छन्, ‘हिरो कप र एसियन ओलम्पिक छनोटपछि खेलाडीहरुमा भारतको त्रास हटेको छ ।’

एसियन ओलम्पिकमा नेपालले भारतलाई बराबरीमा रोकेको थियो । भारतमै आयोजित हिरो कपमा २–० गोल अन्तरले पराजित गरेको थियो ।

२०७५ फागुन २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड