इमान्दार संवाददाता
५० पटक

काठमाडौं । बलिउडका चर्चित अभिनेता अक्षय कुमार आफ्नै शरिरमा आगो लगाएका छन् । उनले हालै मुम्बइमा भएको एक कन्सर्टमा सहभागी हुँदा आफ्नै शरिरमा आगो लगाएर र्याम्प गरेका हुन् ।

उनको उक्त र्‍याम्प सामान्य थिएन । उनले गरेको उक्त र्‍याम्प सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भाइरल भएका तस्वीरमामा उनी कुल देखिएका छन् ।

उनको पुरै शरीरमा आगो लागेको देख्न सकिन्छ । उनको आगोसहितको उक्त र्‍याम्पले उनी बलिउडमा सबैभन्दा उच्च र खतरनाक खेलाडी हुन् भन्ने पुष्टि गरेको छ । उनलाई बलिउडमा नायक सँगै खेलाडीको नामले पनि चिनिन्छ ।

यसैबीच बलिउड अभिनेता शाहरूख खान र अक्षय कुमार एकसाथ आउने भएका छन्। उनीहरू दक्षिण भारतिय मलयालम सिनेमा ‘कोडिसमक्षम बालन वकिल’को हिन्दी रिमेकमा एकसाथ आउन थालेको भारतिय संचारमाध्यमले जनाएका छन्।

गत वर्ष यी दुबै स्टारबिच ‘जोली एलएलबी ३’लाई लिएर मनमुटाव भएको खबर सार्वजनिक भएको थियो। ‘जिरो’ फ्ल्प भएपछि राम्रो प्रोजेक्टको खोजीमा रहेका शाहरुखका लागि अक्षयसँगको सहकार्यले राहत दिने अपेक्षा गरिएको छ। रिमेक गरिन लागेको सिनेमाले समिक्षकिय तता व्यापारिक रूपमा आफूलाई खरो उतारिरहेको छ।

सिनेमाको हिन्दी रिमेकका लागि तयारी सुरू भइसकेको बताइन्छ। यस सिनेमामा कमेडीसँगै गम्भिर कथा बोकेको वकिलको कथा रहेको छ। सिनेमामको रिमेक अधिकार भायकम १८ सँग रहेको छ। सो कम्पनीले रिमेकका लागि सो सिनेमाका निर्देशक उन्नीकृष्णनसँग कुरा गरिसकेको बताइन्छ।

शाहरूख र अक्षय कुमारले एकअर्काको सिनेमामा केमियोमा काम गरेपनि पूरा सिनेमामा काम गर्ने यो पहिलो अवसर हुनेछ। यस्तै शिवरात्रीको मौकामा रिलिज भएको आफू अभिनित ‘लुका छुप्पी’ हिट भएपछि अभिनेत्री कृति सेननले सफलताका लागि धन्यवाद दिन प्रसाद बाँडेकी छन्।

मुम्बईस्थित एक शिव मन्दिर पुगेकी कृतिले मन्दिर दर्शनपछि मन्दिर परिसरमा रहेका मानिसहरूलाई प्रसाद बाँडेकी हुन्। कार्तिक आर्यनसँग जोडी बाँधेको उनको यो सिनेमाले उनलाई करियरको सबैभन्दा ठूलो सुरूवाती व्यापारको खुशी दिलाएकाले उनी मन्दिर पुगेको बताइन्छ। रिलिजको पहिलो दिन ८.०१ करोड भारूको कमाइ गरेको सिनेमाले तीन दिनमा ३१.१३ करोड भारू कमाएको छ।

कृतिले सिनेमाबाट आफ्नो कामको लागि पनि तारिफ बटुलेकी छन्। उनले यसअघि सिनेमाघरहरूमा गएर प्रशंसकहरूलाई आश्चर्यमा पार्दै आफ्नो सिनेमाको टिकटसमेत बेचेकी थिइन्। यस वर्ष ‘लुका छुप्पी’बाट सुखद सुरूवात पाएकी कृति ‘अर्जुन पटियाला’, ‘हाउसफूल ४’ तथा ‘पानीपत’मा देखिदैछिन्।

२०७५ फागुन २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड