इमान्दार संवाददाता
७३ पटक

काठमाडौँ । बेलायतले चार वर्षअघि इस्लामिक अतिवादी समूह ‘आईएस’का लडाकुसँग बिहे गर्न सिरिया पुगेकी किशोरी शमिमा बेगमको नागरिकता रद्द गरेको छ ।

चार वर्षअघि १५ वर्षकै उमेरमा उनी सिरिया गएको बताइन्छ । उनको आमाबुवा बंगलादेशी भएकाले उनी अर्को देशको नागरिक बन्न योग्य रहेको बेलायती अधिकारीहरूले जनाएका छन् ।

बेगमलाई केही अघि एउटा सिरियाली शरणार्थी शिविरमा फेला पारिएको थियो । आईएसको अन्तिम प्रभाव क्षेत्र बगुजबाट भाग्दै गर्दा उनी त्यहाँ पुगेकी थिइन् र सप्ताहान्तमा उनले त्यहाँ छोरा जन्म दिएकी थिइन् ।

यसअघि उनले दुई बच्चा गुमाइसकेकी छन् । उनको श्रीमान् इस्लाम अपनाएका एक डच नागरिक हुन् । उनले दुई साताअगाडि सिरियाली लडाकुहरूसमक्ष आत्मसमर्पण गरेको ठानिएको छ ।

शमिमाले आफूसँग बंगलादेशको राहदानी नभएको र कहिल्यै बंगलादेश नगएको बताइन् । क्यानडा पुगेपछि उनले पुनर्जन्म भएजस्तो बताउँदै आफ्ना आमाबुवा बंगलादेशी भएकाले आफु राज्यविहीन नहुने तर्क गरेकी थिइन् । तर उनको परिवारले सरकारी निर्णयलाई कानुनी चुनौती दिने ठानिएको छ ।

बंगलादेशले भने यस विषयमा कुनै प्रतिक्रिया जनाइसकेको छैन । बेगमको नवजात शिशुको हकमा कानुनअनुसार नागरिकताबाट बञ्चित गरिनुअघि बेलायती अभिभावकको कोखबाट जन्मिएकाहरूलाई बेलायती नै मानिने उल्लेख छ ।

यसैबीच बलिउडका दुई सफल नायिका कट्रिना कैफ र आलिया भट्टबीचको मित्रता निकै गज्जबको छ । उनीहरुले चलचित्र क्षेत्रमा एक–अर्कालाई खुबै सहयोग गरिरहेका हुन्छन् । तर, कतिपय मिडियाले कट्रिनाको पूर्व प्रेमी रणवीरसँग आलियाको अफेअर सुरु भएपछि उनीहरुको सम्बन्ध बिग्रिएको समेत लेखेका थिए ।

उक्त कुरालाई कट्रिना र आलियाले मिथ्या सावित गरिदिएका छन् । उनीहरु दुबैले आफूहरुको सम्बन्ध निकै गाढा भएको मिडियामा बोलेका छन् । आलिया भट्ट अभिनित चलचित्र ‘गल्ली व्याई’ हेर्न पुगेकी कट्रिना आलियासँगै मिडियामा प्रस्तुत भएकी थिइन् । त्यहाँ पनि उनीहरुको मित्रता झल्किएको थियो ।

रणवीरसँग डेट गर्दैमा आलिया र आफ्नो सम्बन्ध नबिग्रेको कट्रिनाले बताएकी छिन् । उनले भनिन्–‘उसले कोसँग डेट गरिरहेको छ भन्ने कुराले हाम्रो सम्बन्ध बिग्रिदैन । उसलाई मन पर्यो, डेट गर्याे । यसले मलाई त केही असर गरेको छैन ।’

कट्रिनाले आलियालाई धेरै पहिलाबाट चिनेको समेत बताएकी छिन् । ‘आलियालाई मैले ‘स्टूडेन्ट अफ द इयर’मा काम गर्नु पहिला नै चिनेको हुँ । उनी सोही समयदेखि नै हाम्रो साथी सर्कलमा सहभागी थिइन् ।’५ बर्ष भन्दा बढी कट्रिनासँग डेट गरेका रणवीर अहिले आलियासँगको प्रेममा मस्त छन् ।

२०७५ फागुन ८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड