इमान्दार संवाददाता
१२८ पटक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले २४औँ जनयुद्ध दिवसलाई भब्य रुपमा मनाउने तयारी गरेको छ । नेकपाले देशभर जनयुद्ध दिवसको तयारीका लागि आफ्ना नेता कार्यकर्ताहरुलाई विभिन्न जिम्मा दिएर खटाएको छ ।

अहिले देशमा प्रमुख बिद्रोही शक्ति बनेर उदाइरहेको नेकपाले आफ्नो सङ्गठन सुदृढ तथा बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाईरहेको छ । अभियानकै सिलसिलामा नेकपा नेता कार्यकर्ताहरु २४ औँ जनयुद्ध तयारीमा लागेका हुन । विभिन्न ब्युरो, जिल्ला र त्योभन्दा पनि तलका एरिया र सेल कमिटीहरु ब्यानर बनाउने, प्रचारप्रसारका लागि पर्चा पम्पलेटिङ गर्ने काममा लागेको देखिन्छ ।

एकीकृत जनक्रान्तिको कार्यदिशा अघि सारेर नेकपा विप्लवको नेतृत्व अघि बढिरहेका बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई भने यहि बिषय टाउकोको दर्द बनेको छ । सरकारले अहिले नेकपालाई निस्तेज गर्न, उसका नेता कार्यकर्तामाथि धरपकड र गिरफ्तारीलाई मात्रै अघि बढाएको छैन कि प्रहरी लगाएर नेकपा नेता कार्यकर्ताहरुले सार्वजनिक थानामा लेखेका नाराहरु समेत मेटाइरहेको देखिन्छ ।

एकातिर अहिलेको अवस्थामा नेकपा महासचिव विप्लव विशेष-विशेष बिषय र परिस्थितिमा विज्ञप्ति मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओली सरकारलाई खबरदारी गरिरहेको पनि देखिन्छ । जनताको मुक्ति र बैज्ञानिक समाजवाद प्राप्तिका निम्ति एकीकृत जनक्रान्तिको बाटो नै उत्तम बिकल्प भएको नेकपाको दावी छ ।

अर्कोतिर विप्लव अर्धभूमिगत भएको भन्दै ओली सरकारले आफ्नो सम्पूर्ण शक्ति उनका पछाडि पठाएको छ । केहि समयअघि मात्रै नेकपाका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गरेर महत्वपूर्ण सामग्रीसहितको पेनड्राइभ र डायरी कब्जा गर्न प्रहरी सफल पनि भयो । त्यसअघि पछि पनि प्रहरीले नेकपाका थुप्रै नेता कार्यकर्तालाई गिरफ्तार गर्यो केवल राजनीतिक आस्था र विचारका आधारमा मात्रै ।

प्रहरीले विभिन्न बहानामा विभिन्न मुद्दा बनाएर नेकपा नेता कार्यकर्ता समात्ने र अदालतले रिहा गर्न आदेश दिने लहर अहिले पनि कायमै छ तर न ओली सरकारको धरपकड रोकिएको छ नत नेकपाको अभियान नै ।

२०७३ को फागुन १ गते २२ औँ जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंको खुलामञ्चमा भब्य र बिशाल जनसभासहित पार्टी महाधिवेशन उद्घाटन समारोह गरेको नेकपाले गत बर्ष पनि २३ औँ जनयुद्ध दिवस भब्यरुपमै मनाएको थियो ।  २३ औँ जनयुद्ध दिवसमा अर्बौ करछली गर्ने एनसेलमाथि नेकपाले जनयुद्ध शैलीमै आक्रमण गरेको थियो ।

पटकपटक एनसेललाई कर तिर्न चेतावनी दिंदै आएको नेकपाले यसपटक पनि जनयुद्ध दिवसकै आसपासमा सबै कर तिर्न भन्दै आफ्नो विद्यार्थी सङ्गठनलाई सडकमा उतारेको देखियो । उसो त सरकारलाई तिर्न बाकि तर तत्काल तिर्न भन्दै सर्वोच्चले एनसेललाई गत हप्ता आदेस दिइसकेको छ ।

२४ औँ जनयुद्ध दिवसलाई काठमाडौं उपत्यकासहित देशभर भिभिन्न कार्यक्रम गरेर बनाउने तयारी गरिएको नेकपा केन्द्रीय सदस्य राप्तिले संचारकेन्द्रलाई जानकारी दिए । बुधबार नेकपाले शान्तिबाटिकामा पनि कार्यक्रम गर्न लागेको छ । यक्त कार्यक्रमलाई नेकपाका केन्द्रीय नेताले सम्बोधन गर्ने उक्त पार्टीले जनाएको छ ।

२०७५ माघ २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड