इमान्दार संवाददाता
१०० पटक

काठमाडौँ । भारतको विहार राज्य स्थित समस्तीपुरमा एक महिलाले हालसम्म १३ हजार भन्दा बढी शवको चिरफार गरिसकेकी छिन । सामान्यतया पोष्टमार्टमा पुरूष कर्मचारी खटिने भएपनि बिहार समस्तीपुरकी ४५ वर्षीय मन्जुदेवीले १४ वर्षदेखी पोष्टमार्टम गर्ने काममा सहयोगीका रुपमा काम गरिरहेकी हुन ।

अहिले मन्जुदेवी आइनन् भने समस्तपुरमा पोष्टमार्टम कार्य नै स्थगीत हुने गरेको छ । पोष्टमार्टम हाउसले उनलाई दैनिक भारु १ सय ८ दिने गरेको छ । तर काम नगरेको दिनको भने उनले पारश्रमिक पाउँदिनन् ।

उनले सने २००८ मा आफुलाई स्थायी गर्नुपर्ने माग गर्दै पटना हाइकोर्टमा निवेदन दिएपछि उनको पक्षमा फैसला भएपनि हालसम्म सो कार्यान्वयन भएको छैन । उक्त पोष्टमार्टम हाउसमा कार्यरत अर्थोपेडिक डा. डीके शर्माले मन्जु आफ्नो काममा पोख्त रहेका बताएका छन ।

मन्जु भन्दा पहिले उनका ससुरा उक्त स्थानमा काम गर्थे । २४ वर्ष अघि ससुराको निधन भएपछि उनका सासु भोला देवीले उक्त स्थानमा काम गरेका थिए । सासुसंगै त्यहाँ जान थालेका मन्जुले पनि शव चिरफारको काम थालेका हुन ।

मन्जुका ५ जना बच्चा छन । उनका जेठा छोरा २७ वर्षीय दीपकले पनि अहिले आमालाई पोष्टमार्टम कार्यमा सघाइरहेको समस्तीपुर न्यूजले जनाएको छ ।

यस्तै एक अर्को समाचार अनुसार एक महिलाले आफ्नो दुधे बालकलाई कुनै पनि समय सुत्न नदिएको खबर छ । उनको बच्चाको नाम हो यथार्थ । छ महिनाको यर्थाथ जब गहिरो निन्द्रामा डुब्न थाल्छ उनको आमाले उठाउछिन् । आमालाई सधै यही डर लाग्छ कि गहिरो निन्द्रामा नै कतै उनको बच्चाको मृत्यु हुन्छ कि ?

वास्तवमा यर्थाथ एक विमारीसंग लडिरहेका छन । जसलाई डाक्टरी भाषामा ‘सेन्ट्रेल हाइपो वेटिलेशन सिन्ड्रोम’ भनिन्छ । यो विमारी भएका मानिसहरुमा गहिरो निन्द्रामा सुतेको बखत शरीरमा अक्सिजनको मात्रा धेरै कम हुन्छ । यसैको कारण उसको मृत्यु हुन सक्छ । एजेन्सी

२०७५ माघ २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड