इमान्दार संवाददाता
७५ पटक

दाङि । प्रहरीले बालिका अपहरणमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

साविक राँचुली गाविस–४ कालिकोट घर भई हाल घोराही उपमहानगरपालिका १४ कपासी स्थित डेरा गरी बस्ने अस्मिता शाहीको ३ वर्षकी छोरीलाई अपहरण गरेको अभियोगमा घोराही उपमहानगरपालिका–९, ढिकभर बस्ने २८ वर्षका प्रयास चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीले सोमबार बालिकाकै कोठाबाटअपहरण गरी भागी फरार रहेकोमा रतनपुर चोकबाट बालिकालाई सकुशल उद्धार गरि उनलाई नियन्त्रणमा लिएको छ ।

चौधरीविरुद्ध मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १७ को दफा २११ वमोजिम (अपहरण वा शरीर बन्धक) सम्वन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । यता चितवनमा एक १३ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

रत्ननगर नगरपालिका–७ बछ्यौलीकी एक बालिकालाई आर्थिक प्रलोभन देखाई करणी गर्ने बाराको कोल्ही नगरपालिकाका ३० वर्षीय गङ्गा चौधरी र सोही स्थानका २२ वर्षीय अजय कुमारलाई नियन्त्रणमा लिइएको रत्ननगर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।

उनीहरुलाई घटनास्थलबाट चार किलोमिटर टाढा रत्ननगर–६ को आर्मी ब्यारेक नजिकबाट नियन्त्रणमा लिएर कारबाहीका लागि तयारी भइरहेको उनले बताए ।

बालिकाको स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाइएको र आरोपित व्यक्तिले मादक पदार्थ सेवन गरेर करणी गरेको अनुसन्धानबाट खुलेको बताइएको छ ।

त्यस्तै धादिङको गजुरीबाट ३६० किलो लागू औषध चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । केन्द्रीय लागू औषध नियन्त्रण ब्युरोबाट खटेको टोलीले भारतीय कन्टेनरबाट चरेस बरामद गरेको हो । प्रहरीले भारत मोतीहारीका गुलाव खान, चालक ओमप्रकाश र सहचालक मुर्फा बलारालाई नियन्त्रणमा लिएको छ ।

भारत लैजान लागेको अवस्थामा चरेश नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि भारत लैजान लागेकै अवस्थामा २३५ केजी चरेस बरामद गरेको थियो ।

२०७५ माघ २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड